राखेपकाे सदस्य सचिवमा सिलवाल, उपाध्यक्षमा कोइराला

admin

काठमाडौं, साउन १२ : सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रालयले गठन गरेको सिफारिस समितिले सिलवालसहित तीन जनाको नाम सदस्य सचिवमा सिफारिस गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले प्रस्ताव गरेको नाममा मन्त्रिपरिषद्ले सिलवाललाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । समितिले सदस्य सचिवका लागि सिलवालसहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो ।

सदस्य सचिवमा नियुक्त भएका सिलवाल राखेपकै पूर्वसदस्य सचिव हुन् । कार्यकाल बाँकी रहे पनि नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि उनी स्वतः पदमुक्त भएका थिए ।

कोइराला राखेप उपाध्यक्षमा नियुक्त
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रचार प्रसार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष नियुक्त भएका छन् । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले राखेप उपाध्यक्षमा कोइराला र सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्त गरको हो ।

नयाँ ऐन अनुसार उपाध्यक्ष र सदस्य सचिवको नियुक्त मन्त्रीपरिष्दले नियुक्त गर्ने व्यवस्था छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आजै कोइरालाको नाम उपाध्यक्षका रुपमा मन्त्रीपरिषद्मा प्रस्ताव गरेको बुझिएको छ । सदस्य सचिवको प्रतिस्पर्धा चलिरहँदा उपाध्यक्षका विषयमा भने खासै चर्चा थिएन ।

कोइराला तेक्वान्दो युनियनका अध्यक्षका रुपमा क्रियासिल छन् । उनी पूर्व नेकपा माओवादीका नेता हुन् । राखेपमा पनि दुई पदाधिकारीमा पूर्व माओवादीका रुपमा कोइराला र पूर्व एमालेका रुपमा सिलवाललाई नियुक्त गरिएको चर्चा छ ।

प्रतिक्रिया