राखेप सदस्य सचिवलाई ६ बुँदे ध्यानाकर्षण पत्र

admin

काठमाडौँ, मङ्सिर २१ : नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले खेलाडीको सामाजिक सुरक्षा, अन्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नियमित पुरस्कारको ब्यवस्था गर्नुपर्ने लगााएतका माग राख्दै राखेप सदस्य सचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

मंगलबार संघले सदस्यसचिव घिसिङलाई सफल कार्यकालको शुभकामना दिदै आफ्ना बिभिन्न ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

संघले खेलाडीको प्रोत्साहन भत्तामा अहिले स्वर्णलाई मात्र दिँदै आएकोमा रजत र काश्य पदक विजेतालाई पनि ब्यवस्था गर्न माग राखेको छ ।

त्यस्तै सागमा स्वर्ण र रजत जित्ने खेलाडीलाई खेलकुदमा नै राज्यले रोजगारीको ब्यवस्था गर्ने गरेकोमा पछिल्लो पटक त्यो ब्यवस्था हटेकाले त्यसलाई फेरी निरन्तरता गरिदिन माग गरिएको संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

खेलाडीको कल्याणकारी कोषमा अर्थ मन्त्रालयले गरेको बाचा अधुरो रहेको र यसलाई थप मजबुत बनाउन हरेक बर्ष २० लाख रुपैयाँ कोषमा थप गर्नका लागि पहल गर्न उहाले अनुरोध गर्नुभयो ।

खेलाडीहरुले ध्यानाकर्षण बुझ्दै राखेप सदस्य सचिव घिसिङले संघले राखेका बिषयलाई आफुले सम्बोधन गर्ने बताउनुभयो । कोषमा २० लाख थप्ने बिषयलाई निरन्तरता दिन पहल गर्ने र यसलाई कार्यबिधि बनाएर खर्च गर्नुपर्ने उहाको भनाई छ ।

उहाले जीवनको महत्वपूर्ण समय राष्ट्रका खर्चिएका खेलाडीहरुको उचित व्यवस्थापनका लागि कार्ययोजना बनाइने बताउनुभयो ।

संघले खेलकुद मन्त्रालय र राखेपमा नयाँ नेतृत्व आएपछि ध्यानाकर्षण बुझाउने गरेका छन् । ध्यानाकर्षण बुझाएपनि आफ्ना मागका बारेमा सरोकारवाला निकाय गम्भीर नभएको संघको गुनासो छ ।

प्रतिक्रिया