राजधानी काठमाडाैंकै अस्पतालमा अक्सिजनको अभाव

admin

काठमाडौं, ९ बैशाख : कोरोना संक्रमणका कारण भारतमा अक्सिजनको चरम अभाब हुँदा धेरै कोरोना संक्रमितले ज्यान गुमाइरहेका छन् । नेपालमा पनि कोरोना संक्रमण बढ्दो छ । अस्पतालका बेडहरु भरिंदै गएका छन् ।

अस्पताल पुग्ने ९० प्रतिशत भन्दा बढी संक्रमितलाई अक्सिजनको आवश्यकता पर्छ तर राजधानीकै केन्द्रिय अस्पतालहरु मै कतै अक्सिजन प्रयाप्त छैन त कतै अक्सिजन प्लान्ट नै बिग्रिएर थन्किएका छन् ।

देशभर एक सय २५ सरकारी अस्पतालमध्ये १६ अस्पतालमा मात्र अक्सिजन प्लान्ट छन्,भने त्यसमध्ये ४ वटा मात्रै संचालनमा छन् । १० वटा बिग्रिएका छन् त्यसैगरी निजि तर्फ १४ अस्पतालमा अक्सिजन प्लान्ट छन् ।


कोरोना संक्रमित भएका मध्ये २० प्रतिशतलाई अक्सिजनको आवश्यकता पर्न सक्ने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। अधिकाश कोरोना संक्रमितलाई चाहिने पहिलो उपचार नै अक्सिजन हो।

कोरोना संक्रमण बढ्दै जाँदा अधिकाश देशले अस्पतालमा पर्याप्त अक्सिजनको ब्यबस्था गर्छन् तर नेपालमा अक्सिजन ब्यबस्थापन तिर ध्यानै दिएको पाइदैन । त्यसैले केन्द्रिय अस्पतालहरुमै अक्सिजनको अभाब हुने संकेत देखिन थालिसकेको चिकित्सकहरु बताउछन् ।

नेपालको जेठो केन्द्रिय अस्पताल वीर अस्पतालको अक्सिजन प्लान्ट बिग्रिएको १ बर्ष भयो संक्रमितले अस्पतालका बेडहरु भरिन थालिसक्दा पनि अझै पनि मर्मत तर्फ ध्यान दिएको छैन ।

शुक्रराज अस्पतालमा गत बर्ष कोरोना महामारी कै समयमा लिक्विड अक्सिजन प्लान्ट’ जडान गरिएको भए पनि अहिले आवश्यक सामाग्री नहुदा अक्सिजन प्रयाप्त उत्पादन भैरहेको छैन । जहाँ एकैदिन एक सय ५० सिलिन्डर अक्सिजन खपत हन्छ ।

त्यसो त निजि अस्पतालहरुले पनि आफुलाई आवश्यक अक्सिजनको ब्यबस्थापन गर्न सकेको छैन । ठुलो भनिएको ह्याम्स अस्पतालको समेत आफ्नै अक्सिजन प्लान्ट छैन सप्ल्यार कै भरमा अस्पतालमा अक्सिजन दिरहेको अस्पतालले जानकारी दिएको छ

। नर्भिक अस्पतालको भने आफ्नै अक्सिजन प्लान्ट छ दैनिक ४० देखी ४५ जम्बो सिलिन्डर उत्पादन गरिरहेको छ । ३ सय सिलिन्डर सम्म ब्याकअप राख्ने गरिएको छ ।

नेपाललाई कति अक्सिजन आवश्यक पर्छ भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रलायका प्रबक्ता डा जागेश्वार गौतमले अक्सिजन आवश्यकता यत्ति नै हुन्छ भन्न नसकिने जवाफ दिनुभयो ।

यस बर्ष साउन देखि दैनिक दैनिक संक्रमित ११ हजार संक्रमित पुग्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयको छ । आवश्यकता अनुसार अक्सिजन उत्पादन गर्न सक्ने भौतिक पूर्वाधारको ब्यबस्थापन सरकारले गनुपर्ने बिज्ञको सुझाव छ ।

देशभरका अधिकाश अस्पतालमा सप्लायर कै भरमा अक्सिजन पुगेको छ । संक्रमित बढ्दै गए भारतमा जस्तै अक्सिजन कै अभावले संक्रमितले ज्यान गुमाउने अवस्था आउन सक्ने बिज्ञले बताएका छन् ।

प्रतिक्रिया