राजनीति पार्टी प्रति जनतामा वितृष्णा हुन नदिउ : नेता रिजाल

अस्मिता बेल्बासे

काठमाडौं, ५ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता राम प्रसाद रिजालले राजनीतिलाई व्यापार हैन समाजसेवाको रूपमा विकास गर्नुपर्ने बताएका छन् । 

नेता रिजालले पीएनपीखबरसँग कुरा गर्दै राजनीतिलाई जनताको हितमा बनाउन व्यापारबाट अलग गर्नु पर्ने बताएका हुन् ।

उनले राजनीति पार्टी तिनका नेता र अहिलेको लोकतांत्रिक ब्यवस्था प्रति जनताको आकर्षण बढाउने काम प्रति सबैको ध्यान जानु जरुरी रहेको भन्दै नेता र दल भन्ने वित्तिकै जनताले हेर्ने दृष्टिकोण सकरात्मक नभएको स्पष्ट पारे ।

नेता रिजालले भने, ‘भ्रष्ट र दलाल तस्करहरु लाई राजनीति बाट अलग गरेमात्र पार्टी र नेताहरुलाई हेर्ने दृष्टिकोणमा सुधार आउनेछ ।’ ‘ठूलो त्याग संघर्ष र बलिदान बाट मुलुकमा गणतंत्र आएको र संघीय लोकतांत्रिक व्यवस्था हामीका मा कार्यन्वयनको चरणमा छ ।’

जनताका प्रत्यक्ष सरोकारका विषय हरुमा राजनीति पार्टी तिनका नेता कार्यकर्ता र ३ वट्टै तहका सरकार गम्भीर हुन आवश्यक रहेको भन्दै नेता रिजालले जनताका आधारभूत आवश्यकता हरु गास, बास, कपास, शिक्षा , स्वास्थ्य रोजगार लगाएत विषयहरुमा योजनाबद्ध ढंगले अघि बढी सरकार ले कामको थालनी गर्नुपर्ने उललेख गरे ।

यसैक्रममा उनले भने, ‘यो व्यवस्थाले जनताको छोरो मुलुकको सर्वोच्च पदमा आसिन भएको अवस्था छ । तर पार्टी का नेता र राजनीति दलहरुको व्यवहार को कारण ले राजनीति मा नैतिकता ईमानदारीता को खडे्री परिरहेको छ । जसको कारण दलहरु प्रति वितृष्णा बढीरहेको छ यो व्यवस्था लाई कार्यन्वयन गर्न हामी सबै राजनीतीक्रमी हरुले हाम्रो आचरण मा सुधार गर्नुपर्छ ।’

राजनीति पार्टी प्रतिको विश्वासलाई डगमगाउन नदिन मुलुकमा रहेका विद्यमान समस्याहरु हल गर्न सरकारको स्पष्ट कार्यदिशा हुनुपर्नेमा नेता रिजालको जोड छ । निर्वाचनको बेला गरिने अनावश्यक खर्च लाई कटौती गर्नुपर्छ जनतालाई मतदानको बेला खसी बाख्रा गाई भैंसी जसरी खरिद गर्ने परम्पराको अन्त गरिनुपर्ने समेत नेता रिजालको तर्क छ ।

राजनीतिमा अनूशाशनहिन कृयाकलापको अन्त गरिनुपर्ने भन्दै नातावाद आफ्नतबाद चाकरी बाद गुन्दागर्दी पैसाको दुरुपयोगले शक्तिमा जाने लाभमा पुग्ने परिपाटी नेता मालिक वा शासक र जनता चाहि दास वा सेवक वा रैतिको रूपमा हेरिने संस्कार प्रवृति को दाह-संस्कार नै गर्नुपर्ने उनले बताए ।

नेकपा पार्टी अन्य पार्टीबाट नेता कार्यकर्ता आएर विशाल भएको त्यसैले पार्टी प्रवेशलाई व्यापक रुपमा बढाउनु पर्छ फरक पार्टीबाट नेकपामा आउने हरुको योग्यताको मूल्याकंन गर्दै सम्मानित रुपले जिम्मेदारी दिनमा पार्टी नेतृत्व ले कन्जुस्याई गर्न नहुने नेता रिजालको तर्क छ ।

उनले भने, ‘पार्टीमा योग्यता क्षमताको मूल्याकंन हुनुपर्छ । पार्टी कमिटी प्रणाली लाई बलियो बनाउनु पर्छ पार्टी लाई विधिः पद्धति मा हिडाउनू पर्छ निर्वाचन को बेला हालको नेकपा पार्टी ले गरेको वाचा प्रतिज्ञा जनता समझ पुरा गरि जनता को मन जित्न सक्नुपर्छ ।’

प्रतिक्रिया