राजन कार्की र समिक्षा अधिकारीको आवाजमा ‘बनको खयर’ म्युजिक भिडियो सार्वजनिक

admin

काठमाडौं, १० फागुन : राजन कार्की र समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्वजनिक गरिएको छ । ‘बनको खयर’बोलको गीतमा सुन्दर हमालको शब्द तथा राजन कार्कीको संगीत रहेको छ ।

तारानाथ आचार्यको संगीत संयोजन रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोमा राजन कार्की,सुबिक्षा हमाल,सवि हमाल,सुवि हमाल र बाल कलाकार सचिन परियार र अग्रता कार्कीको अभिनय रहेको छ ।

सर्जक सुन्दर हमालले आफ्नै छोरीहरु सवि हमाल र सुवि हमाललाई यसै भिडियो मार्फत अभिनयमा डेब्यु गराएका छन् । नवराज उप्रेतीले छायाँकन गरेको भिडियो बिष्णु शर्माले सम्पादन गरेका छन् । सार्वजनिक गीत हमालको आफ्नै च्यानल सवि सुवि इन्टरटेन्टमेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया