राजसंस्थाको अभिभावकत्व : अब बौद्धिक युवाहरु स्वतन्त्र कित्तामा उभिनु जरुरी छ !

admin
  • भीम बहादुर खत्री

राजसंस्थाको अभिभावकत्व, उन्नतलोकतन्त्र, जनताको स्वतन्त्र आयोग (PIC) सताब्दी सुहाउँदो मौलिक नेपालवाद जरो किलो, अब तमाम चेतनशिल बौद्धिक युवाहरु स्वतन्त्र कित्तामा उभिनु जरुरी छ !

मात्र पार्टी व्हिपमा सिमित..?
दासता अपनाउनु र चाकडीबादमै मात्र रहनु देशको निम्ति घातक हुंदैरहेको अवस्था सबैले मनमा महसुस गर्नुभएको यथार्थ छ । तपाईं हामी यी दलालहरुका लागि सत्ताप्राप्तिको आरामदाइ भर्याङ्ग बाहेक अरु केही बन्न सकेनौं आखिर किन ? यो तितो सत्य हो स्विकार्नै पर्दछ ?

वर्तमानको नयाँ व्यवस्था यो घांडोतन्त्र/लुटेरोतन्त्र /भद्रगोलतन्त्र सबित भएको छ । तर पनि लोकतन्त्रको विकल्प लोकतन्त्रनै हो भन्ने सबैलाई छ । यसर्थ, अब हामीले सताब्दी सुहाउँदो यथार्थमा प्रत्यक्षमा देखिने खालको उन्नत लोकतन्त्रको सुत्र अपनाउनु पर्छ ।

हाम्रो जस्तो मुलुकमा आवश्यकता बनेको एकता प्रतीक राजसंस्था अहिले जनताको प्रमुख माग बनेको देखिन्छ, यो कसैले पनि नकार्न मिल्दैन । त्यसैले अब सबैले राजाको अभिभावक्त्वलाई स-गौरव स्थापित गर्नुपर्छ । सोचलाई सर्वसम्मत गरौँ ! यो संस्था संवैधानिक थियो र अब पनि संबैधानिकनै बनाउँला ?

प्रथमत : जनताको स्वतन्त्र आयोग (PIC) कै निगरानी र बिधिको दायरामा राखौँला, pic2077.webs.com  आलंकारिक राजा ! यो सताब्दी सुहाउँदो नहुन सक्छ, सर्बमान्य नहुन सक्छ ! त्यसैले यो संबैधानिक संस्था/पि.आइ.सी. दायरामा रहने गरि पुनर्निस्थापित गरौं !

दोश्रोमा : देशका प्रमुख राज्य निकायहरु, व्यवस्थापिका कार्यपालिका न्ययपालीका यी निकायलाई नियमन गरी-गराइ शक्ति पृथकिकरणको सिद्धान्त अनुसार चले/नचलेको बारे नियाल्न (PIC) (यही आयोगलाई CCTV )को रुपमा अपनाउँला ।

जनताको स्वतन्त्र सार्बभौमीक अधिकार संबाहक यो आयोग मार्फत हामीले निगरानी गर्न
र अन्त सुनुवाइ नभएका उजुरी गुनासा यहाँ गरिकन सम्बधित निकायलाई कडा भन्दा कडा कारर्बाही गर्न पाउनेछौं !

फाइदा हामीलाई यहाँ भ्रष्टाचार शुन्यकरण हुने छ । शासकलाई तानाशाहि बन्न रोक्ने छ । बेथिति शुन्यकारण हुनेमा दुईमतै छैन । कुनैपनि गम्भीर घटना र प्रमाण मेटाएर भएका अपराध वा भ्रष्टाचार अभियुक्त साथै मतियारहरु समेतलाई (PIC) ले अनुसंधानको आधुनिक तथा प्राकृतिक बिधी तरिकाबाट छानबिन गरी-गराइ अनिवार्य कारर्बाहीको दायरा ल्याएर छाड्ने छ !

यसर्थ, हामीले PIC-concept यसको महत्व र आवश्यकतालाई मध्यनजर गरी संबिधानमै समेट्न जरुरी छ । यसका लागि हामी स्वतन्त्र कित्तामा भेला भएर युनिटीका साथ संघर्षको राजनीति सुरु गर्न आवश्यक छ ! राजसंस्थाको अभिभाकत्वमा मुलुकर आम जनताकोमत अभिमतबाट स्थापित उन्नत लोकतन्त्र उन्नत लोकतन्त्र त्यो कस्तो हुन सक्ला त ? के हुन सक्ला ?

व्याख्या : जहाँ इच्छा आकांक्षा जाग्छ भने त्यहां उपाय अंकुरण हुन पुग्छ । उन्नत-लोकतन्त्रको अवधारणा अन्तर्गत जनताद्वारा जनप्रतिनिधिलाई रिजेक्ट गर्न सक्ने ब्यबस्था साथै रिकल गर्न सक्ने व्यवस्था हुन आउँछ । तर अहिलेको लोकतान्त्रिक गणतन्त्रले जतिसुकै जनताले भोट गरुन या नगरुन मतलब राख्दैन ।

कुल जनसंख्याबाट ५ देखी १० प्रतिशत जनता चुनावमा भाग लिएर हराए जिताए पनि मान्य हुन्छ ,
त्यो लोकतन्त्र कहलिन्छ । बाँकी बहिस्कार र रिजेक्ट गर्ने ९०/९५ प्रतिशत जनताको भावना र आवज अभिमत लाई यो लोकतन्त्रले चिन्दैन देख्दैन !

यो यथार्थ हो : हुन्न भन्ने ९०/९५ प्रतिशत जनता हरुले हार्ने तर हुन्छ भन्ने दल आवद्ध ५/१० प्रतिशत जनताको आवाज जित्ने अनौठो लोकतान्त्रिक व्यवस्था छ यहाँ । जस्तो कि चुनावमा १०० जना जनता मध्ये १५ जना मात्रले सहभागीता जनाए । पाँच ओटा मत ल्याएर कांग्रेसले हार्यो,  छ वटा मत ल्याएर कम्युनिस्टले जित्यो ! चार ओटा मत अन्य मा गयो तेस्को अर्थ रहेन !

अनि त्यहाँ ८५ जनाले चाहिँ रिजेक्ट गरे, भने पछि अब त्यहां के हुने त ? ८५ जनाले त कांग्रेस उम्मेदवारलाई पनि यो मानिस ठिक छैन हटाई, राम्रो मन्छे उम्मेदवार बनायो भने (रिजेक्ट गरे)
सोही अनुसार नेकपा उम्मेदवारलाई पनि गलत उम्मेदवार उठाइस भनेर ८५५ जनताले रिजेक्ट गरे ।

अर्को योग्य बौद्धिक भिजन भएको नेतालाई उम्मेदवार बनाएर ले भने र रिजेक्ट गरे चुनावमा ! हो, यही अवस्थालाई सम्बोधन गर्न उन्नत लोकतन्त्र जरुरी पर्यो अब ! right TO reject -right TO recall

राजनीतिक शुद्धिकरण जरुरी : उम्मेदवार बन्नको लागी आचरणर चारित्रीक प्रमाणपत्र र योग्यता तथा बौद्धिककता सहितको बायोडाटा अनिवार्य गर्नुपर्छ अब ! आमचुनाव चाहिँ अब निर्वाचन आयोगले मात्र प्रचारप्रसार गर्न पाउने व्यवस्था गर्नुपर्छ । उम्मेदवारले असिमित खर्च गरेर भोटर (सोझा- सिधा जनता) रिझाउन फकाउन नपाउने, कडा एबम दन्डनिय चुनावि कानुन जारी गर्नुपर्छ ।
कानुन निति आचारसंहिता जारी गरेर राजनीतिक शुद्धिकरण गर्न सकिने छ ।

सांसद भनेको निति निर्माण र निर्धारणको लागी हो, मन्त्री बन्नको लागी हुँदैहैन । त्यसैले उ आफ्नै जिम्मेवारीना सिमित हुनु पर्ने ब्यबस्था लागु गर्नुपर्छ । मन्त्री जस्तो गम्भीर जिम्मेवारी त उच्च योग्यताको भिजनयुक्त राजनीति कुटनिति बारे जानेको बुझेको पढेको बौद्धिक स्वतन्त्र व्यक्तित्व सिफारिस गरिन पर्छ ! कडा रुपमा अन्तर्वार्ता लिएर नियुक्त गरिनु पर्दछ ।

मान्त्रीको योग्यता मापदण्ड निरधार गरिनु पर्दछ र संबधित निकाय क्षेत्रको विज्ञता हासिल गरेकोलाई मात्रै मन्त्री बनाइनुपर्छ । अनि त्यस्तो सम्मानित र बौद्धिक मन्त्रीले भिजन र आफ्नो कार्यकुशलता तथा प्रतिस्पर्धाको नितिद्वारा विकास र समृद्धि ल्याउन सक्छ ! वर्तमानका यी अनपढ गवांरहरु जस्ले क देखी ज्ञ/ABCD हिसाब मा भागा, गुणा, जोड, घटाउको योग्यतामा सिमित ।

यस्ताहरुबाट हुने भनेको यही भ्रष्टाचार मात्र हो..!
हल्का कनिका छर्ने चामल कुम्ल्याउने, यही यिनीहरुको कार्यशैली जो बिगत देखी वर्तमान सम्म जो देखिइ रहेको छ । यसर्थ हामीले अब बौद्धिक निक्खोट बौद्धिक व्यक्तित्व लाई मात्र सिफारिस गरी नियुक्त गर्ने नीति अख्तियार गर्न गराउन युवा जमात सबै स्वतन्त्र कित्तामा आएर दबाब सृजना गर्नु जरुरी छ ।

प्रत्यक्षनिर्वाचित कार्यकारी प्रधानमन्त्री
देशको कार्यकारी पद (प्रधानमन्त्री)को लागि आम जनताबाट प्रत्यक्ष निर्वाचनमा भिडेर मात्र नियुक्त हुनुपर्छ । पाचँ सय १५ भन्दा माथी जन मत ल्याउनु पर्ने उन्नत लोकतन्त्र मार्फत सताब्दी सापेक्ष व्यवस्था लागु गरिनुपर्छ ।

युग सुहाउँदो मौलिक नेपालबाद
– जरोकिलो निति : राजनीति किन र के का लागि ?
– राजनीतिका सुत्रधाररदस्तावेज मौलिक या कसैबाटको सिको (कपि) मात्रमै सिमित ?
– राजनीतिका लागि हाम्रा स्थापित निजि मौलिकता तथा मुल्य मान्यता र पहिचान के कति आवश्यक हुने ?
– भासा संस्कृति समेत लाई मध्यनजर नेपालबाद स्थापित किन स्थापित गर्न नसक्ने ?
– हामी बिचार विधि र बाद कसैबाट कपि गरेर चल्नु पर्ने किन ?

अक्षमता हैन अब : सक्षमतामा चल्न एक मौलिक जरोकिलो निति आवश्यक छ । जसको निति चाहिँ हामीबाट सिकेर दुनियाँलेनै अपनाउन सुरु गरोस ! जसरी गौतम बुद्धको सन्देशले दुनियाँलाई प्रभाव पार्‍यो, बौद्ध मार्ग को गोरेटो नेपालबाट सरासंसार सम्म बिस्तारीत बन्यो, त्यस्तै खाले जरोकिलो सन्देश पनि..!

कसरी भन्दा जो जहाँको हो उस्ले त्यहीँको आफ्नो मौलिक जरोकिलो नीति अबलम्बन गर्नेछन्, हामी नेपाली हौं भनेपछि नेपाल र नेपालीको ब्याख्या बायोडाटा चाहिँ के हो ? कस्तो हो त ?

यो निम्नानुसार हो : बुद्धको देश शान्ति भुमि हो नेपाल, देब भुमी तपो भुमी हो !
– पूर्वीय सभ्यता मानव सभ्यताका कयौं आयामको केन्द्र हो !
– राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले एकीकरण गरेर अंग्रेज हरुको भौतिक आक्रमणबाट समेत बचाउनु भएको एक स्वतन्त्र स्वाधिन मुलुक हो यो देश !
– आफ्नै भासा लिपिहरु स्थापित भएको, विभिन्न जात जाती भासा संस्कृति र भेषभुसाले सुसज्जित एउटा स्वर्गको टुक्रा हो नेपाल, यसैको अन्तर आन्तरिकबाट हामी हाम्रो आफ्नै मौलिक राजनीतिक दर्शन, बिधि जन्माउने छौं ।
-सबैको निम्ति समान प्रतिनिधित्व हुनसक्ने समावेसिता र लैंगिक बिभेदबिहिन राजनीतिक बिधान..!
जसलाई जारोकिलो माअभियान्ले बिस्तृत बिस्तार गरिरहेको छ !

यथार्थ यो छ कि – काठ भेटिए पनि आ यो दाउरो त हो नि, भनेर बेवास्ता गरिने गरेको अवस्था छ यहाँ तर त्यो श्रीखन्ड थियो ! दाउरा सोचेको कुरा बहुमुल्य चिज थियो ! माल पाएर चाल पाइएन भने त पछुतो र घाटा हामीलाईनै हुन्छ ।

हामीले जब आफुलाइ कसैको निजि भक्त आदर्शमा सिमित राख्छौं नि ? अनि औकात हिन कहलिन पुग्छौं ? स्वतन्त्र कित्तामा आफुलाई उभ्याएर सहि के हो ? गलत के हो ? कालो कुन हो ? सेतो कुन हो ? जब आंकलन गर्दैनौं !

छुट्याउंदैनौ भने त सधैँ सधैँ बिचार विवेक र निर्णय सबै कुराप्रतिनै परनिर्भर हुन्छौं हामी, आस्रित बन्दै रहने छौ । असक्षम पात्र मा सिमित सधैं रु सक्षम चाहिँ कहिले हुने त हामी ? आफुले आफैंलाई ऐनमा हेरौं त, आफ्नो बायोडाटा ऐनमा प्रस्ट देखिने छ ! हामी किन यस्तो हो ?

Good मात्र हैन Better बनौं, Better जो जो हुनुहुन्छ Best बनौं  “Be a Excellent ” जय देश (जय स्वाभिमान)

प्रतिक्रिया

सम्बन्धित समाचारहरू