राजस्व अनुसन्धान अधिकृत २ लाख घु’ससहित प’क्राउ

admin

रुपन्देही : राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख, अनुसन्धान अधिकृत विजय राना घुससहित प’क्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले राजश्व अनुसन्धान कार्यालयका प्रमुख रानालाई दुई लाख घु’ससहित बुटवल १३ बुद्ध चोकबाट नियन्त्रणमा लिएको हो ।

गुट्का, सुर्ती व्यापारी अनिलकुमार झाबाट घु’स लिँदै गर्दा प्रमुख राना र घु’स दिने झालाई प’क्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख डाक्टर भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख रानाले व्यापारीसँग मासिक रुपमा रकम असुल्दै आएको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेकाे जानकरी दिनुभयाे । घु’स लिने राना र घु’स दिने झामाथि थप अनुसन्धान हुने अख्तियारकाे बुटवल कार्यालयले बताएको छ ।

प्रतिक्रिया