राजस्व दाखिला गर्नुपर्ने रकम एसपीको खल्तीमा !

admin

गोरखा : गोरखाका प्र’हरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले राजस्व दाखिला गर्नुपर्ने रकम आफैसँग राखेको पाइएको छ । जुवाखालबाट बरामद गरिएको झण्डै एक लाख २० हजार रुपैयाँ लामो समयसम्म राजस्वमा दाखिला नभएको पाइएको हो ।

दशैँ तिहारको बीचमा गाेरखाका विभिन्न प्र’हरी चौकीले बरामद गरेको रकम एकमुष्ट रूपमा जिल्ला प्र’हरी कार्यालयमा पठाएका थिए । इलाका प्र’हरी कार्यालय ठाँटीपोखरीले ब’रामद गरि पठाएको झण्डै ५० हजार र इलाका प्र’हरी कार्यालय जाैबारीले बरामद गरेको झण्डै ७० हजार रुपैयाँ राजस्वमा जम्मा नभएको हो ।

‘हामीले दशैँ तिहारको बीचमा चे’तावनी स्वरूप जुवाविरु’द्धको अपरेशन चलाएका थियौँ, कतै तीन हजार कतै पाँच हजार रुपैयाँ ब’रामद भएको थियो’, एक इलाका प्र’हरी कार्यालयका प्रमुखले भने, ‘बरामद भएको रकम नियमअनुसार जिल्ला प्रहरी कार्यालयमा पठायौँ, अरू कुरा हामीलाई थाहा पनि हुँदैन, चासो राख्ने कुरा पनि आएन ।’

दुई इलाका प्र’हरी कार्यालयले मङ्सिरमा पठाएको झण्डै एक लाख २० हजार रुपैयाँ तीन महिनासम्म पनि राजस्वमा जम्मा नगरिएको पाइएको हो । मातहतका प्र’हरी इकाइसहित जिल्ला प्र’हरी कार्यालय गोरखाले पनि जुवावि’रुद्ध अपरेशन चलाएको बताएको थियो । तर चाडबाड आसपासको समय अर्थात् गएकाे असोज १ गतेदेखि मङ्सिर मसान्तको बीचमा जम्मा तीन वटा घटनाको मात्रै मुद्दा प्रक्रिया अघि बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गोरखा नगरपालिका ४ फिनाम, सिरानचोक गाउँपालिका ७ र गण्डकी गाउँपालिका ४ मा जुवाखालबाट प’क्राउ परेकाविरु’द्ध मात्रै मुद्दा चलाइएको छ । ती जुवाखालबाट बरामद भएको रकम पनि प्रशासनमा बुझाइएको छ ।

गण्डकी प्रदेशका प्रह’री प्रमुख, प्र’हरी नायब महानिरीक्षक (डीआइजीई घनश्याम अर्यालले पनि जु’वाखालबाट ब’रामद भएको रकम राजस्व खातामा दाखिला नहुनुलाई कार्यालय प्रमुखको बदनियतको रूपमा बुझ्नुपर्ने बताउनुभयो । ‘साना–ठूला जस्तोसुकै जुवाखालबाट बरामद भएको पैसासहित जु’वाडेलाई मुद्दा चलाउनुपर्छ, मुद्दा नचलेको अवस्थामा बरामद भएको पैसा सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्छ’, डीआईजी अर्यालले भन्नुभयो, ‘बदनियत राखेर खाएको हो भने खानेलाई कारबाही गर्छाैँ ।’

एसपी सुरेन्द्रबहादुर गुरुङले पनि केही रकम राजस्व दाखिला गर्न बाँकी रहेको बताउनुभयो । केही रकम भने मानव सेवा आश्रमलगायत परोपकारी संस्थालाई सहयोग उपलब्ध गराइएको उहाँको दाबी छ ।

प्रतिक्रिया