राजाको काट्टो खाने दिन गए भन्दै ज्ञानेन्द्र शाही माथि खनिए दिल निशानी मगर (भिडियो हेर्नुस्)

admin

काठमाडौं , असोज २ : सामाजिक सञ्जालमा निकै भाइरल हुने एउटा पात्र हुन् दिल निसानी मगर । उनी पेशाले सञ्चारकर्मी हुन् । उनले सामाजिक सञ्जालमा गरेको एउटा कमेन्टको पनि निकै चर्चा हुन्छ । उनका समर्थक र आलोकच दुवै धेरै छन् ।

पछिल्लो समय नेपालगन्ज विमानस्थलमा आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले गरेको अभद्र ब्यवहारको उनले निकै चर्को आलोचना गरेका छन् । सो घटना हुँदा आफु काठमाडौंमा नभएको बताउँदै सामाजिक सञ्जालमा लेखेका मगरले बुधवार एक सार्वजनिक कार्यक्रममा शाही लगायतका केही ब्यक्तिका बारेमा निकै चर्को अभिब्यक्ति दिएका छन् । उनले लोकतन्त्र विरोधी केही मण्डले प्रवृत्तीको गतिविधि बढेको भन्दै पूर्वराजालाई फर्काउन सकिन्छ की भनेर केही तत्व लागेको बताए ।


उनले शाहीका सहयोगी सुरेन्द्र भण्डारीलाई जन्तु उपनाम दिँदै भारतवाट नक्कली सर्टिफिकेट ल्याएर डाक्टर भएको तिखो टिप्पणी गरे । उनले पूर्व राजाको काट्टो खान भन्दै ज्ञानेन्द्र शाहीलाई बोक्दै हिँडेको टिप्पणी गरे । राजतन्त्र फर्काउनु पर्छ भन्ने गद्दारहरुलाई नाँगेझार पार्नुपर्ने बताए । उनले पछिल्लो समय गणतन्त्र र राज्यको ब्यवस्था माथि चौतर्फी रुपमा घेराबन्दी भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालको प्रयोग गरेर गणतन्त्र माथि प्रहार भइरहेको बताए ।

राज्यब्यवस्थालाई चुनाती दिँदै संघिय लोकतान्त्रिक गणतन्त्र ठिक छैन भन्दै मरेका प्रेतआत्मालाई ब्युझाउन खोजेको टिप्पणी गरे । यो सोह्रश्राद्धमा त्यस्ता पित्रिलाई फिर्ता ल्याउने होइन, मृत्यु भइसकेको राजसंस्थालाई फिर्ता ल्याउन मिल्दैन उनले भने, यो काममा बालकृष्ण न्यौपाने नामका वयोवृद्ध बाजे लागेका छन् ।

उनले न्यौपाने राजतन्त्रका बेलामा कम्युनिष्ट सिध्याउन लागेको ब्यक्ति भएको बताए । उनले भने उनलाई लाग्यो होला राजा आउलान र कहिले काँही राजाले दिएको काट्टो खान पाइन्छकी भन्ने लाग्यो होला । न्यौपाने वाजे अब तपाईको राजाको काट्टो खाने दिन गए । अब घरमै नातीनातिनीलाई खेलाएर घरमै बस्नोछ । राजतन्त्र ल्याउने सपना नदेख्न उनले न्यौपानेलाई चेतावनी दिए ।
हेर्नुहोस भिडियो:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू