राजा अङ्कित तस्बिर नोट प्रतिबन्ध गर्ने निर्णय नेपाली स्वार्थ भन्दा विपरित छ : नेता रायमाझी

admin

काठमाडौं, १२ जेठ : नेपाल सरकारले राष्ट्रबैंक मार्फत राजा अङ्कित तस्बिर नेपाली नोटमा प्रतिबन्ध लगाउने निणर्य प्रति पुनरुत्थानवादी शक्ति नेपालले आपत्ति जनाएको छ । पुनरुत्थानवादी शक्ति नेपालका नेता शेखर जंग रायमाझीले राजाको तस्बिर अङ्कित नोट प्रतिबन्ध गर्ने निर्णय नेपाली स्वार्थ भन्दा विपरित छ रहेको बताएका छन् ।

उनले भनेका छन् – “नेपाल सरकारले राष्ट्रबैंक मार्फत राजाहरुको तस्बिर अङ्कित नेपाली नोटमा यतिबेला प्रतिबन्ध लगाएको छ । यो समय देशको भुमि अतिक्रमण भएको र नेपाली जनमानस आफ्नो भुमि छिमेकी राष्ट्रले हड्पेको हुनाले आहत छन् र प्रतिक्रिया स्वरूप आन्दोलित छन् ।”

“ठिक अहिले नै विश्वव्यापी महाव्याधि कोरोना विश्वभर महासंक्रमणको रुप लिइरहेको छ । यो क्रमश हाम्रो मुलुकमा पनि सल्किएको छ ,हजारौ नेपाली संक्रमित भएका छन् र रोग बढ्दो छ । यही रोगको कारणले विश्वव्यापी मन्दि शुरु भएको छ अनि पचासौँ लाख नेपाली पनि बेरोजगार भएका छन् । पर निर्भर अर्थतन्त्रका कारण मुलुकमा उत्पादन र रोजगारी सुन्य प्राय पारियो, फलस्वरुप खाध्यान्न संकट सन्निकट देखिदै छ ।”

“समाजवाद उन्मुख भनिएको अर्थतन्त्रले बिपन्न र श्रमजीवीलाई गिज्याइरहेको छ । आजै काम गरेर भोक टार्नेहरु सडकमा आँसु चुहाउँदै, पसिना बगाउंदै भौतारिएका बग्रेल्ती भेटिन्छन् । विश्व स्वास्थ्य संगठनले रोग परिक्षण, ट्रेसिङ्ग, क्वारेन्टाइन, आइसोलेसन भनेपनि दुईतिहाईको कम्युनिष्ट सरकारले स्वत्वहिन लकडाउन बाहेक प्रयाप्त सजगता अपनाएको देखिदैन । अचेतन र अविकसित समाज रहेको हाम्रो नागरिकलाई प्रयाप्त सचेतनाको प्रयास पनि गरिएका छैनन् । जानकारहरू भित्रभित्रै भुसको आगो जस्तो रोग सल्किएको अनुमान गरिरहेका छन् ।”

“सरकारले न समयमा परिक्षण सामग्री, न चिकित्सक स्वास्थ्यकर्मी, न पिपिइ बन्दोबस्त गरिरहेको छ, न गुणस्तरीय परिक्षण सामग्री न औषधिको बन्दोबस्त गरिरहेको छ । अझ कमिसन र कमाउनको चक्करमा जनस्वास्थ्यमा खेलबाड गर्दै जगहसाइ गरेको देखियो । प्रधानमन्त्री छिमेकी मुलुकहरुसंग कुटनितिक कौसलताको साटो छुद्रता प्रकट गरिरहेका छन् ।”

“राज्यसचालनको तौरतरिका बेढङ्गको छ । नागरिकको माथामा भयानक ऋणको भार पारेका छन् अचाक्लि उच्च करको बोझ थामिनसक्नु छ । महङ्गि, अभावले जनता आक्रान्त छन् । अब अव्यवस्थित लकडाउनले जकडिएका नागरिक कुनैपनि बेला ज्वालामुखी जस्तो विद्रोहको विस्फोट हुने संकेत देखापरिसकेको छ।यो आँधीबेहरी आउने वा विस्फोटन हुने भन्दा पहिलेको मुर्दाशान्ति हो ।”

तसर्थ यो भयानक प्रलयबाट मुलुक र मुलुकवासीको रक्षा र उनिहरुको भाग्य र भविष्यकोलागि सम्पुर्ण नेपाली ऐक्यबद्ध हुन अपरिहार्य छ । यो राष्ट्रको निर्माता, अभिभावक, नेपाली माटोमा सदासर्वदा समर्पित सदाचारी राजा ज्ञानेन्द्र र हामी देशभक्त राष्ट्रवादी शक्ति, बृहत राष्ट्रिय एकताको पक्षमा छौ । तर राजाको तस्बिर अंकित नोट प्रतिबन्ध गर्ने निर्णय नेपाली स्वार्थ भन्दा विपरित छ । यो नेपालीजनताको बृहत राष्ट्रिय एकताको चाहना र भावनामा कडा प्रहार हो, आक्रमण हो । जय देश !, जय राष्ट्रवाद !

 

प्रतिक्रिया