राजा र जनताको एकाकारबाट मात्र मुलुकको भविष्य सुरक्षित : नेता रायमाझी

अस्मिता बेल्बासे

काठमाडौं, २४ असार : पुनरुत्थानवादी शक्ति नेपालका प्रमुख नेता शेखर जंग रायमाझीले २०७७ असार २३ गते (मंगलबार) पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मदिनको शुभकामना दिएका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय अभिभावक, नेपाली राष्ट्रिय एकताका आधार स्तम्भ श्री ५ महाराजधिराज ज्ञानेन्द्र विर विक्रम शाहदेव सरकारको शुभजन्मोत्सवको पावन अवसरमा मौसुफको गाथमा सुस्वास्थ्य दिर्घायूको मंगलमय शुभकामना अर्पण गर्दछु । साथै मौसुफको शालिन, धैर्यशील र सदाचारी व्यक्तित्वबाट नेपाली नेपाली बिचमा प्रेम, सद्भाव, समभाव, कायम गर्दै, हाम्रो मुलुकको सुखद भविष्यको लागि राजा र जनताको एकाकार हुन टेवा पुगेको सबै दाजुभाई तथा दिदी बहिनीहरुले मनन गर्दै आइरहेका छौ ।’

मंगलबार पूर्व राजाको शुभजन्मोत्सवको उपलक्षमा देशैभर कार्यक्रम भएको थियो । काठमाडौं भोजनगृहमा जम्मा भइ नारायण हिटी सम्म विर गोर्खालीको आयोजनामा राजतन्त्र पुर्नबहाली र हिन्दू अधिराज्य पुनर्स्थापनाका पक्षमा नाराबाजी गरेका थिए ।

छातिमा राजारानीको तस्बिर अङ्कित टिसर्ट लगाएका युवा युवतीहरु शिक्षित र निकै संयमित देखिएको थिए । उनिहरुको राष्ट्रिय झण्डा सहितको र्‍याली डिल्लीबजार देखी नारायणहिटी सम्म अटुट र विशाल देखिन्थ्यो ।

र्‍यालीमा सन्तोष सिलवाल, सौरभ भण्डारी, नगेन्द्र देउजा, पृथ्वी श्रेष्ठ, अमृत राणा र अनिल थापा जस्ता युवाहरु अग्रपंक्तिमा थिए भने, शेखरजंग रायामाझी, अनिल योगी, बिक्रम झा जस्ता राष्ट्रवादी नेताहरुले साथ र उत्साह थपिरहेका देखिन्थ्यो । कलाकार सुष्मिता कार्की, मिना सुवेदी, श्रृजना वाग्ले, लता बैध्य, पुजा राणाहरुको पनि सक्रिय सहभागिता थियो ।

प्रतिक्रिया