राजा सहितको राष्ट्रिय मेलमिलापले ओलीलाई इतिहास रच्ने मौका प्रदान हुनेछ : नेता रायामाझी

शेखर जंग रायमाझी

काठमाडौं, देशमा कोरोना महासंक्रमणको आतङ्क छ । राजधानी काठमाडौं लगायत मुलुकको अधिकांस क्षेत्र उच्च जोखिममा परेका छन् । जुन रफ्तारमा संक्रमण फैलँदो छ, त्यो अनुसार भेन्टिलेटर र आइसियु अपुग हुँदैछ अर्थात् नागरिकले चाहेर पनि उपचार नपाउने अवस्था बन्दैछ ।

नसक्ने विपन्नका त के हाल होला ? मुलुक भित्र पचासलाख भन्दा बढी बेरोजगार बनिसके अझ झण्डै तिसलाख फर्कदै छन् बाहिरबाट र देश भित्रै पनि अझ बेरोजगार बढ्ने देखिएको छ ।

यसपाली धेरै बर्षा हुने अनुमान विज्ञहरुको छ, बाढी, पहिरो, भेल शुरु भैसक्यो । पश्चिममा पहिरो र बाढीले धेरै धनजन क्षति गरिरहेको छ र तराईमा डुबानको समस्या देखापर्दै छ । अझ ठुलो कहर सन्निकट छ । यो वर्ष सलहको प्रकोप पनि रह्यो, धेरै जिल्लाका किसानको बालिनाली सखापै पारेको छ र प्रकोपको अन्त्य भैसकेको छैन ।

आज अखबार हेर्दा उर्जामन्त्री बर्षमान पुनले उर्जा उत्पादकको भुक्तानीमा दसकरोड आफ्नालागि घुस असुलेछन, नेपाल जोड्ने मेची पुलमा झेल अर्थात ठेक्का लिदै अलपत्र पार्दै, धनगढीमा उपभोक्ता छलेर व्यापक रुख कटानी, पोखरा खानेपानीको काम निर्धारित समयमा नहुने, गरिबी निवारण कोषको सातवटा गाडी नै गायब र कम्प्युटर, सोफा, कुर्सी, पंखा, हिटर देखि टि टेबल,ह्वाइटबोर्ड सम्मका एकहजार पन्द्रह जिन्सी समान चोरी ।

श्रमिक अलपत्र पार्दै श्रममन्त्री व्यवसायीको स्वार्थपूर्तिमा, बुढानीलकण्ठ सरकारी स्कुलले लकडाउनमा घरमा बसेका विद्यार्थीहरुलाई खाना सहितको फि ताकेता, निजी कम्पनी र विभागले रातारात किनेको मुल्य भन्दा सेनाले दुई महिना लगाएर किनेको कोरोना उपचारका उपकरण र औषधी समान अत्यधिक महङ्गो भएकोले जंगीअड्डा तिर सोझिएको नागरिक औंला लगायत विश्वभर सस्तिएका इन्टरनेट सुल्क नेपालमा महङ्गो, ऊखुँ किसानले अझै पचास करोड भुक्तानी पाएनन्, भारत संगको पारबहन संधि अन्तिम मस्यौदामा सहमति भैसके पनि पुनरावलोकन छलफल अनिश्चित, सम्पदा पुनर्निमाण अनिश्चित, सार्क चेम्बरको भविष्य अन्योलमा, संवैधानिक नियूक्ति अड्केको अड्कै, आ’त्म’ह’त्या बढेको बढ्यै, निगमका पाइलट र कर्मचारीको उपचारमा लापरवाही, जताततै डिप्रेसन र भोकको समस्या ।

उता देश र जनताका ठेक्का लिएका सत्ताधारीहरु आपसी कलहमा बेस्त छन् । प्रम केपि भन्छन् उनलाई भारतले सत्ताबाट बेदखल गर्दै छ, उनलाई सत्ताच्युत गर्न तम्सिएका प्रचण्ड, माधव, झलनाथ, बामदेव, नारायणकाजी लगायत पार्टी नेताहरु भारतका मतियार हुन र उताबाट परिचालित भैरहेकाछन् । चिनको राजदुतको जुनतहको भेटघाट र सक्रियता छ त्यो चिनको, सत्तामा प्रतक्ष्य र नाजायज चलखेल भन्दैछन् कांग्रेसका पक्षधरता लिनेहरु, उता अरु वामपन्थिहरु ओली पश्चिमाको प्रभावमा परेको दावी गरिरहेका छन् ।

त्यस्तै शेरबहादुर देउवा पनि पश्चिमाको प्रभावमा एमसिसि पास गर्न मरिहत्ते गरिरहेका छन् । कमलथापा, पशुपति, लोहनी पनि एमसिसिका फेर समाइरहेकै छन् । मधेसवादी भन्नेहरु अङ्गीकृत बढाउने र राजनीतिको शिर्षमा पुर्‍याउने चक्करमा छन् । यहाँ आज एकदिनको अखबारमा निस्किएको केहि फेहरिस्त मात्रै उतार गरिएको छ ।

२०४६ साल देखिका महाकाली संधि, टनकपुर संझौता, विद्युत्, पानी र प्राकृतिक संशोधन र पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय चलखेल र लाउडा धमिजा, लगायत काङ्ग्रेसका पालाका भ्रष्टाचार र कम्युनिष्टहरुका भ्रष्टाचार महाभारत भन्दा ठुलो ठेली बन्नेछन् । यो गणतान्त्रिक काल त यस्तो कुनै दिन छैन अरबौका घोटाला नसुनिएको होस् ।

जनता अवाक छन्, गणतान्त्रिक लोकतन्त्र भन्ने शव्द त सर्पको त्यस्तो बुटि जस्तो बनाए कि नेपाली जनतालाई लठ्ठाएको लठ्ठाई रहेका छन् र कथित नेता भनाउदा राज्यकोष ब्रम्हलुट मचाएका छन् । कति दिन सहने ? कैले सम्म सहने ? अब के का लागि सहने ? यस्ता यक्ष प्रश्न नागरिक सामुने खडा छन् ।

सबभन्दा पहिले हाम्रो देश बुझ्नु पर्दछ, अनि हाम्रो इतिहास, मौलिकता, प्रकृति, हाम्रो रहनसहन, रीतिथिति, परम्परा, मुल्यमान्यता, संस्कृति सम्पदा सभ्यता, कला, साहित्य र आचरण, विशेषता बुझ्न जरुरी छ । हामी के हौ ? हामी को हौ ? हाम्रा पुर्खाले के गरे, के दिए ? हाम्रो कर्तव्य के हो र दायित्व के हुनुपर्दछ, यि र यस्ता यावत प्रश्न को जवाफ खोजी रहेका छन् आजको पुस्ता !

तसर्थ पुनरुत्थानवादी शक्ति नेपालले २०६२ सालमा सार्वजनिक जवाफदेहीतालाई मनन गर्दै देशभक्त राष्ट्रवादी शक्तिको जगेर्ना गर्ने हेतुले शिक्षक, विद्यालय कर्मचारी, बाढी पिडित र सुकुम्बासीको न्यायपूर्ण आवाजलाई बोक्यो, त्यस्तै बिध्यालयका जमिन, मसानघाट, मठमन्दिर, पाटि पौवा, राजकुलो, गौचरण, खोलानालाका किनारा, पर्ति र बनजङ्गलको अतिक्रमण बिरुद्ध निरन्तर कानूनी लडाई र आवश्यकता अनुसार भौतिक लडाई पनि लड्दै आइरहेको छ ।

फेवाताल अतिक्रमण होस् या चितवन माथिको जग्गा अतिक्रमण होस, पुनरुत्थानवादी शक्ति नेपालले कहि कतै आफ्नो जुझारुपनमा कुनै कसर छोडेको छैन । यो संघर्षको दौरान तारा बराल, शरद मिश्र, गोबिन्द बहादुर पौडेल, शेरबहादुर खड्का, बिगु साह, अजय यादब, गंगा रिमाल, शंकर कुमाल, हेम सिलवाल, राजन त्रिपाठी, रेनु प्रधान, निरेन्द्र गिरी, शान्ता पन्त, सुर्य तिवारी, दण्डपानी पौडेल, गोपाल बस्नेत, कुमार लामा, निरेन्द्र कुवँर, श्रवण यादव, लगायत धेरै साथिहरुले महत्वपुर्ण योगदान दिनुभयो ।

हाम्रा अग्रज, शिद्धान्तकार स्व. अधिवक्ता तथा सहप्राध्यापक कोषराज काफ्लेको परिकल्पना, चिन्तन, प्रयास र योगदान अतुलनीय छ र वाँहाको अठोट र योजना अनुसार आज हामी यो गन्तव्यमा छौं । बाँकी अभिभारा बहन गर्ने प्रण गर्दै, नेपाल र नेपालीको सर्वोत्तम हितको उध्येस्य र परिकल्पना साकार पार्न, विवेक, न्याय, शक्ति र वर्ग तथा समुदायको प्रतिनिधित्वको नितिनिर्माण सभाको सुत्र साथ, गणतान्त्रिक लोकतन्त्र परास्त गर्दै राजतन्त्रको पुनरुदय प्रथम लक्ष लिई संघर्षको मैदानमा छौं ।

जनताको जिवन कहिल्यै रुपान्तरण नहुने, भोक, रोग,अशिक्षा र गरिबीले कहिले नछोड्ने किन ? नेता, उस्का परिवार, आफन्त र आसेपासे मात्र बन्ने तर नागरिक सधै तन्नम हुनुपर्ने किन ? गाँस बास कपासको लागि कहिले सम्म भौतारिनु पर्ने हो ? बेरोजगारी, कुरिति, अन्धविश्वास र पाखण्ड कहिले सम्म सहने ? घृणा, द्वेष, असमानता, अन्याय, अत्याचारको कारण के हो ? बाह्यशक्तिको दलाली, प्रभाव, परिचालन दबाव र प्रलोभनमा को र किन ? हो, यो र यस्तो अनेकौ समस्या र अवरोधबाट मुक्तिको लागि देशभक्त राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ ।

यो मुलुकको निर्माता, राष्ट्रिय एकताको आधार स्तम्भ, नेपालीका अभिभावक, विश्वका सम्पूर्ण बैदिक सनातनि हिन्दु, बौद्ध, किराँत, बोन र प्रकृति पुजक दुई अरब मानवका हृदय सम्राट, गरिमामय, शालीन, धैर्यशील र सदाचारी राजा श्री ५ ज्ञानेन्द्र विर विक्रम शाहदेव सरकारको नेतृत्वमा सबै ले साथ दिन जरुरी छ । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डताको लागि राष्ट्रिय मेलमिलाप आजको आवश्यकता हो ।

इतिहासको कालखण्डमा जननायक बिपि कोइरालाले ठम्याएको राष्ट्रिय मेलमिलापको नितिमा पुन प्रम केपी ओली लगायत सम्पूर्ण गणतान्त्रिक नेताहरुले पछ्याउन जरुरी छ । देशको यो दुर्दशा र बाह्य शक्तिको हस्तक्षेपबाट सृजित अस्थिरता, अनिश्चितता, विकृति, बेथिति, र बिसंगतिबाट पार लगाई, राष्ट्रिय मुक्ती र स्वधिनताको संग्राममा सहयोग र सहभागीताको लागि दिदी बहिनी तथा दाजुभाईहरुमा हार्दिक अपील गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू