“राज्यमन्त्री नवराज रावत ज्यु मेरो छोरालाई बचाई दिनुहोस”

खगेन्द्र हमाल

सुर्खेत : अब कसैले खाना नपाएर भोकै बस्नु पर्दैन,नाना नपाएर नाङ्गै बस्नु पर्दैन,समयमै उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन भनेर ठुल ठुला गफ दिने नेताहरु आफू बिरामी हुदा सिङ्गापुर,अमेरिका, भारत लगायतका देशहरुमा गएर उपचार गर्ने अनि गरिव जनता चाहिँ उपचार नपाएर यसरी तड्पिनु पर्ने यो कस्तो लोकतन्त्र हो?

गरिव,दिनदुखी,पीडित बर्गहरुलाई शिक्षा,स्वास्थ्यमा विशेष जोड दिन्छौ भनेर चुनावमा मीठो भाषण गर्ने सरकार संचालनका राजनीतिक नेतृत्वहरु यहि एजेन्डामा चुनाव जितेर सत्तामा पुगे,उनिहरुको जिवनशैली परिवर्तन भयो,उनिहरुका आफन्तले रोजगारी पाए,उनीहरुका छोराछोरी अमेरिका,युरोप,जापानमा पढिरहेका छन तर तिनै नेताहरुलाई भोट दिने जनता,तिनै नेताहरुका लागि छातिमा गोलि थापिदिने जनता,तिनै नेताहरुका लागि पार्टीको झण्डा समाएर जिन्दावाद मुर्दाबाद भनिदिने जनताको जीवन शैली भने लोकतान्त्रिक यत्रो परिवर्तन आउँदासम पनि शामन्ती शासन जस्तै जातोमा पिल्सिएका छन।

कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरी स्थित भेरी गङ्गानगरपालिका वडा न.११ निवासी भिम बहादुर जिसिको चार महिनाको नबालक छोरा प्रकाश जिसि यतिबेला मरणासन्न अवस्थामा छट्पटाईरहेका छन।शुरुमा सानो खटिरा टाउकोमा देखिएको र त्यसको उपचारको लागि आफुसङ्ग प्रयाप्त रकम नभएकोले अहिले आएर खटिरा पिलो जस्तै फैलिएदै गएकोले बच्चालाई निकै समस्या भएको बुवा भिम बहादुर जिसिले बताए।

जन्मिदा टाउकाे पछाडि सानो बिबिरा आएको र त्यतिबेला उपचार गर्न सकेको भए अझ राम्रो हुने थियो अहिले दिन प्रतिदिन त्यो घाउ ठुलाे हुदै जादा ईन्फेक्सन बढिरहेकोले उक्त घाउको मासु सड्दै गएकोले घनाउने शुरु भएको बुवा भिम बहादुरले बताए।

जसरी मर्ने वेलामा एकपटक हरेक प्राणी छट्ट्पटाउछ,रुन्छ,कराउछ,हार गुहार माग्छ अन्तिममा भगवानकै सरणमा जान पुग्छ,त्यसरी नै यिनि चार महिने बालकका आम बुवाले नेपाल सरकारका राज्यमन्त्री नवराज रावत लाई एकपटक सम्झिएका छन।बुवा भिम बहादुरले राज्यमन्त्री नवराज रावतलाई यसरी सम्झिए।

माननीय राज्यमन्त्री नवराज रावत ज्यु नमस्कार!
मैले धेरै ब्यक्तिहरुसङ्ग सम्पर्क गरे कुनै सहयोग मिलेन,मेरो आर्थिक अवस्था निकै कम्जोर छ।मैले चाहेर पनि मेरो बच्चाको लागि केही गर्न सक्दिन।मैले धेरै नेताज्युहरुलाई हारगुहार मागे, कसैको साथ सहयोग पाईएन,अन्तिममा तपाईंलाई सम्झिएको छु।

मन्त्री ज्यु मेरो बच्चालाई जसरी भएपनी बचाईदिनुपर्यो,तपाईंले केही न केही उपचारको लागि पहल गरिदिनुपर्यो।आशा छ पक्कै पनि तपाईंले सहयोग गर्नुहुनेछ भन्ने आशा गरेको छु।

प्रतिक्रिया