रातमा ठूलो स्वरले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गो’ली हानी ह’त्या

admin

एजेन्सी, २३ चैत : रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गो’ली हानेर ह’त्या गरेका छन् ।

अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आ-आफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउ सडकमा बसेर हल्ला गरेका थिए । मृ’त्यु भएकाहरुमा चार जना पुरुष र एक महिला छन् ।

यो घ’टना शनिबार राति १० बजे भएको थियो । राजधानी मस्कोबाट दक्षिणपूर्व करिब २०० किलोमिटर टाढाको र्याजान क्षेत्रस्थित येलात्मा गाउँमा उक्त घ’टना भएको अधिकारीहरुले बताएका छन् । प्रहरीले गो’ली चलाउने व्यक्तिलाई एक थान रा’इफल सहित गि’रफ्तार गरेको छ ।

प्रतिक्रिया