रातो मच्छिन्द्रनाथको रथ तानियो

admin

काठमाडौं, १ जेठ : ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तानिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर रथलाई प्रतिकात्मक रुपमा केही दुरीसम्म मात्रै तानिएको हो ।

मच्छिन्द्रनाथलाई रथारोहण गरेको चौथौँ दिनमा रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्याइने परम्परा भए पनि आज रथलाई पुल्चोकको सोह्रखुट्टेपाटीसम्म मात्र तानिएको हो ।

यसवर्ष कोरोना संक्रमणका कारण जात्रालाई छोट्याउने निर्णय भएको थियो । रातोमच्छिन्द्रनाथलाई जेठ ५ गते बुंगमती फर्काउने साइत निस्केको छ । यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।

प्रतिक्रिया