रातो मच्छिन्द्रनाथलाई मङ्सिर २४ गते पाटन ल्याइने

admin

ललितपुर, मंसिर १८ : सहकालका देवता रातो मच्छिन्द्रनाथलाई मङ्सिर २४ गते पाटन ल्याइने भएको छ । बुङ्गमतीमा रहेका मच्छिन्द्रनाथलाई पाटन ल्याउनको लागि आज (बिहिबार) बिहान ज्योतिषहरू कीर्तिकिरण जोशी र पूर्ण मङ्गल जोशीले मङ्गलबजारमा रहेकाे सोह्रखुट्टे पाटीमा बसेर साइत हेर्नु भएको थियो ।

साइत हेर्नका लागि बिहीबार शुभ मानिन्छ । महिनाको हिसाबले पनि मच्छिन्द्रनाथको कुनै पनि काम पुसमा गर्न शुभ मानिँदैन । त्यसैले अधिकांश वर्षमा मङ्सिरमा नै साइत हेरिने गरिएकोले आज साइत हेरिएकोमा मङ्सिर २४ गते शुभ साइत निस्केको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो ।

मङ्सिर २४ गते बिहान पूजाआजा सकेर अपराह्न खटमा राखेर देवता ल्याएर मच्छिन्द्रबहालमा राखिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । बुङ्गमतीको मुख्य बाटोबाट नै देवतालाई खटमा बोकेर पाटन ल्याइन्छ र मच्छिन्द्रबहालको पश्चिम ढोकाबाट देवता गरिन्छ ।

२०७७ सालको मच्छिन्द्रनाथको जात्रा कोरोना सङ्क्रमणका कारण ढिलो सम्पन्न भएकोले गएको भदाै २९ गते पाटनबाट बुङ्गमती लगिएको थियो । मच्छिन्द्रनाथलाई ६ महिना पाटनमा र ६ महिना बुङ्गमतीमा राख्ने गरिन्छ ।

प्रतिक्रिया