‘राधा २’मा प्रियंका र आयुष्मानको जोडी देखिने

मनिषा थापा

प्रियंकासँग जोडिएपछि भने नायक आयुष्मान देशराज जोशीको करिअरमा धेरै परिवर्तन आएको छ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरिसकेका छन् ।

नायिका प्रियंका कार्कीले केही समय अगाडि नै साइन गरेको चलचित्र ‘राधा २’मा आयुष्मान पनि जोडिएका छन् । निर्देशक योगेश घिमिरेको अनुसार रियल लाइफ जोडी भएर वा कसैको दबाबमा आएर आयुष्मानलाई लिएका हैनन्। यो म्यूजिकल लभ स्टोरी चलचित्र भएकाले आयुष्मान पोख्त लागेर लिएका हुन्।

चलचित्रमा एक जना नयाँ नायकको पनि मुख्य भूमिका रहनेछ । तर, उनलाई पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गरिने योगशले बताए । कात्तिकको ८ गतेबाट यो चलचित्रको छायांकन पूर्वका विभिन्न रमणिय स्थानमा हुनेछ । प्रियंका र आयुष्मानले चलचित्र ‘कथा काठमाडौँ, चंगाचेट, एउटा यस्तो प्रेम कहानी’मा एकसाथ काम गरिसकेका छन् ।

प्रतिक्रिया