रानीको गीतमा भुवनको मैसाव बनिन मोडेल सृष्टि खड्का ( भिडियो )

admin

काठमाडौँ : नेपाली चलचित्रका सदाबहार नायक भुवन के सी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुशिल पौडेल र तिलक प्रताप चन्दको शब्द रचना, रानी शाक्य र कृष्ण भारद्वाजको स्वर रहेको गीत ‘घरमा आइसियोस न ‘ मा नायक भुवन के सी र मोडेल सृष्टि खड्काको अभिनय रहेको छ । प्रेमिल शैलीको उक्त गीत भिडियोमा नायक के सी मैसाव सृष्टिलाइ भेट्न घोडचडी देखि, दरवारसम्म पुगेको कथावस्तु प्रस्तुत गरिएको छ ।

‘घरमा आइसियोस न ‘गीतमा कृष्ण भारद्वाजको म्युजिक कम्पोज र बिशम आचार्यको एरेन्जमेन्ट रहेको छ । सन्तोष राजबाहकको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ । भिडियोलाइ गायिका रानी शाक्यको युट्युब च्यानल (Rani Shakya) मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया