रानीपोखरीबाट खरबौको हिरा-मोती हराएको भन्दै गोदाम छापा मार्न कैदीको सरकारसँग माग

मनिषा थापा

काठमाडौँ: राजनीतिक विश्लेषक प्रेम कैदीले रानीपोखरीमा प्रताप मल्लको समय देखि नै जम्मा भएका दशौ खरब मुल्य बराबरको हिरा, मोति, चाँदी, सुन लगायतका बहुमुल्य धातु ठेकेदार लगाएर सरकारले लुटेको आरोप लगाएका छन। काठमाडौँ लगायत देशभरका जनताले धार्मिक आस्था राख्दै चढाएको बहुमुल्य धातु ठेकेदारले गोदाम बनाएर राखेको उनले बताएका छन। गोदाम खोजि छापा मार्नुपर्ने र अनुसन्धान अगाडी बढाउनुपर्ने समेत उनले सरकारसँग माग गरेका छन।


विभिन्न विवादका बाबजुत पनि यतिबेला रानीपोखरी पुननिर्माण कार्य भैरहेको छ। ऐतिहासिक तथा साँस्कृतिक सम्पदा मास्न कम्युनिष्ट सरकार लागिपरेको आरोप लाग्दै गर्दा हालै मात्र सरकारले गोकर्ण रिसोर्ट भएको जग्गा यती समूहलाई दिने सम्झौताको म्याद थप गरेको थियो । यस्तै नेपाल ट्रष्ट मातहत रहेको दरबारमार्गको जग्गा पनि कौडीको भाउमा यती समूहलाई दिएको भन्दै सरकारको आलोचना भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू