राप्रपा महाधिवेशन स्थगित

admin

काठमाडौं, १ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा हुने घोषणा भएको महाधिवेशन कोभिड–१९ महामारीको अवस्था दृष्टिगत गर्दै स्थगन गर्ने निर्णय गरिएको केन्द्रीय सचिवालय प्रमुख धु्रवबहादुर प्रधानले जानकारी दिए।

पार्टी अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापासहितको शनिबारको बैठकले महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गर्ने निर्णय गरेको छ ।

राप्रपाले बिरामीका लागि अस्पतालमा शैय्या अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, सघन उपचार कक्ष, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेकाले निजी क्षेत्रसंँगको सहकार्यबाट स्वदेश र कूटनीतिक पहल गरी अन्तरराष्ट्रिय सहयोग जुटाउन सरकारसँंग माग गरेको छ । बैठकले दलको निर्देशन समिति पाँच दिनभित्र गठन गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्राले बताए ।

प्रतिक्रिया