रामनवमी पर्व : धार्मिक सहिष्णुता कायम राख्नुपर्छ, ओमकार महाअभियान

admin

काठमाडौं, २० चैत : हरेक वर्षको चैत शुक्ल नवमीको अवसरमा मनाइने रामनवमी पर्वकासंगै विश्वका सबै ओमकार परिवारहरुको मातृ संस्था विश्वहिन्दू महासंघ अन्तर्गतको ओमकार महाअभियानले विश्वहिन्दू महासंघको स्थापना कालको ४०औं स्थापना दिवसको अवसरमा एक विज्ञप्ति मार्फत शुभकामना दिएको छ ।

यसका साथै विश्वव्ययापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को माहामारीको संक्रमण मुलुकमा पनि फैलिनबाट रोक्नका लागि सरकारले गत चैत ११ देखि जारी गरेको बन्द्याबन्दस् आदेशका कारण ओमकार महाअभियान मार्फत आयोजना गरिने भनिएको सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जानकारी दिएको छ ।

संसारकै एक मात्र प्राचिन धर्म सनातन हिन्दु धर्मको इतिहास र अस्तित्व जोगाइराख्न राष्ट्र गुरु योगी नरहरीनाथको विशेष योगदान र प्रेरणा पछि तत्कालीन स्व श्री५ महाराजाधिराज विरेन्द्र वीर विक्रम शाहदेव को बरद बाहुली बाट प्रथम अन्तर्राष्ट्रिय हिन्दु सम्मेलन उद्घाटन सहित वि.सं. २०३७ साल चैत्र २९ गते विरगञ्जको पिपरा मठमा महासंघका स्थापना भएको हो ।

संसार भर छरिएर रहेका ओमकार परिवारहरु वैदिक , बौद्ध , बोन ,जैन शिख लगायात संस्कृतिका अनुयायीलाई एक सूत्रमा बाँधी संगठित तुल्याउन एवं सनातन हिन्दू संस्कृतिद्वारा प्रतिपादित बसुधैव कुटुम्बकम् भन्ने आदर्शको प्रतिपादनबाट विश्व भ्रातृत्व कायम गरि विश्व शान्ति , विश्व कल्याण तथा पारस्परिक अभिष्टका लागि योगदान गर्ने विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समिति अन्तर्गतको ओमकार महाअभियानको लक्ष्य रहेको छ ।

संस्थाका प्रमुख संयोजक निक्ष शमशेर राणा मार्फत जारी गरिएको विज्ञप्तिमा भनिएको छ “जिवनको कुनै पनि कष्टमा सन्तुलित र मर्यादित जीवनयापनको सर्व श्रेष्ठ उद्धाहरणका आदर्श भगवान पुरुषोतम श्रीराम प्रति सत् सत् नमन । यहि आदर्श आजको अवस्थामा चरितार्थ होस भन्ने कामना सहित सबैमा रामनवमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।”

“मर्यादा पुरुषोतम भगवान श्रीरामको जन्म दिन जस्तो उत्तम र एतिहासिक दिनमा असत्य माथि सत्यको जितलाई प्रमुख आधार मानि मानव र मानवताको सचेतना प्रदायक सनातन ज्ञान, संस्कार, सभ्यताको संरक्षण, सम्बर्धन र उन्नतीको कार्यभार विश्व हिन्दु महासंघको काँधमा सुम्पिएको ४० वर्ष पुरा भएको अवसरमा महासंघको सम्पूर्ण सदस्यहरु तथा विश्व भर छरिएर रहनुभएका सम्पूर्ण सनातन ओमकार परिवारहरुलाई यस विशेष उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।”

“विभिन्न सहज असहज अवस्थामा पनि अस्तित्वको ज्योति बचाई राख्ने संस्थापन काल देखि हाल सम्मका सम्पूर्ण पदाधिकारीहरु र प्रेरणाका श्रोतहरु प्रति आभार प्रकट र प्रंशसा गर्नैपर्छ । त्यहि ज्योतिलाई बृहत्तर प्रकाशको रुपमा संसार भरि फैलाउन मद्दत गर्ने अभिभारा प्रति ओमकार महाअभियान समर्पित रहेको छ ।”

“यस महत्वपूर्ण अवसरलाई भव्य रुपमा मनाउने ओमकार महाअभियानको योजना, हाल संसारभर फैलिरहेको कोभिड १९ को महामारीको कारण स्थगित गर्न परेकोमा दुख भएता पनि ।। वसुधैव कुटुम्बकम् ।। भन्ने हाम्रो आदर्श वाक्यलाई लाई संसारले साकार पारि पूर्वीय संस्कार सभ्यता र सुझबुजको कदर गरि अनुशरण समेत गरिरहेको देखेर हाम्रो उद्देश्य साकार पार्ने तर्फ र यस पावन अवसरको उचित सम्मान भएकोमा गर्व महसुस गरेका छौँ ।

“आफ्नो कुल धर्म नछोडौँ
सत्य मात्रको जय होस् ।”

प्रतिक्रिया