राष्ट्रकवि माधव घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन

admin

काठमाडौँ, मङ्सिर २२ : सरकारले राष्ट्रकवि डा.माधव घिमिरेको योगदानको सम्मान स्वरुप हुलाक टिकट प्रकाशन गरेको छ ।

बुधबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रकवि घिमिरेको तस्बिरअंकित हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गर्नुभएको हो ।

राष्ट्रकवि डा माधव प्रसाद घिमिरे , जन्म बिसं १९७६ असोज ७ उल्लेखित उक्त हुलाक टिकट १० रुपैयाँको छ ।

कार्यक्रममा मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेले आफ्ना रचना नेपाली जनतामाफ सम्पतीका रुपमा छाडेर जानुभएको भन्दै धर्ति रहुन्जेल उहालाई स्मरण गरिने बताउनुभयो ।

राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन हुनु राष्ट्रका लागि गौरवको विषय भएको र उहाँ नेपालीको प्रेरणाको स्रोत रहिरहने उहाको भनाई छ । उक्त हुलाकटिकटको डिजाईन पुमा कला लिम्वुले गर्नुभएको हो ।

प्रतिक्रिया