‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं’ भन्दै विरोध प्रदर्शन (फोटोफिचर)

admin

काठमाडौं, ६ बैशाख : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिने उद्देश्यले राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा मसाल लगाएतका साना दलको मोर्चाले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजना अघि बढाउन विभिन्न दलसंग छलफल गरेपछि साना दलहरुले यसको बिरोध गरेका हुन् । प्रदर्शनमा सहभागिहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘एमसीसी परियोजना खारेज गर’ लगायतका नारा लगाएका थिए ।

यस्तै प्रदर्शनकारीहरुले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौं’, ‘एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’,लेखिएका व्यानर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया