राष्ट्रपतिले इच्छुकलाई टीका प्रदान गर्ने

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १७ असोज: राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई टीका प्रदान गर्नुहुने भएको छ । राष्ट्रपतिले सो दिन अपराह्न १ देखि २ बजेसम्म टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तित्व तथा अपराह्न २ः३० देखि ३ः३० सम्म अन्य व्यक्तिलाई टीका प्रदान गर्नुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

फाइल फोटो



टीकाको दिन राष्ट्रपति निवास शीतलनिवासको गेट नं १ को ढोका खुला रहने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया