राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, आजै मन्त्रीहरूको शपथको तयारी

admin

काठमाडौं, २२ असोज : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । (आज) शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका हुन् ।

शुक्रबार बेलुकासम्म मन्त्रीहरूको शपथ ग्रहणको तयारी छ । कांग्रेस सभापति देउवाले आफ्नो पार्टी नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादीले पाँच, जसपा र एकीकृत समाजवादीले चार/चार मन्त्री पाउने छन् । अहिलेसम्म कांग्रेसबाहेक सबैले मन्त्रीको टुङ्गो लगाइसकेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएका छन् ।

प्रतिक्रिया