राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसद बैठकबारे छलफल

admin

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीले साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्। राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले राष्ट्रपति र प्रधानमन्त्रीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रधानमन्त्री ओली पहिलोपटक राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्। भेटवार्तामा सर्वोच्चको फैसला, सरकारका काम कारबाही, प्रतिनिधिसभाको बैठक बोलाउने विषय, नेकपाको विवादलगायतका विषयमा छलफल भएको बुझिएको छ।

सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन सरकारलाई निर्देशन दिएको छ। सरकारले सर्वोच्चको फैसलाअनुसार नै संसद बैठक बोलाउने प्रतिबद्धता पनि जनाइसकेको छ।

प्रतिक्रिया