राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल टिकटक बनाउने पक्राउ

admin

झापा, १० साउन : झापाको मेचीनगरबाट साइबर क्राइम मुद्दामा एक युवालाई प्र हरीले प क्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको विषयमा अश्लिल टिकटक बनाएको आरोपमा मेचीनगर–६ स्थित बर्मेली टोलका ३८ वर्षीय सोमप्रसाद घिमेरे (बिकास)लाई प्र हरीले प क्राउ गरेको हो ।

प क्राउ परेका घिमिरेलाई अहिले प्र हरी प्रधान कार्यालय साइवर ब्यूरो अ पराध अनुसन्धान तथा कारबाही शाखा लगिएको प्र हरीले जनाएको छ । घिमिरेले केहिदिन अगाडि प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीको अनैतिक भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको अनैतिक भिडियो बनाएर लाल्छना लगाउने कार्य गरेको भन्दै मानहानी र साईवर क्राईम अन्तर्गत उनलाई प क्राउ गरिएको प्र हरी प्रधान कार्यालय साइवर ब्यूरो अ पराध अनुसन्धान तथा कारबाही शाखाले जनाएको छ ।

प क्राउ परेका घिमिरेलाई प्र हरी विद्युतीय ऐन अन्तर्गत मुद्धा चलाउने तयारी भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया