राष्ट्रसेवकको तलबमान असमानः कस्को कति ?

admin

काठमाडौं, भदौ १ :प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को तलबभत्ता कति फरक होला ? पत्यार नलाग्न सक्छ, दुवैको तलव बराबर छ । सरकारले राष्ट्रसेवकलाई प्रदान गर्दै आएको तलबमान अवैज्ञानिक र त्रुटिपूर्ण छ भन्ने यो गतिलो उदाहरण हो ।

कानुनअनुसार आइजीपी र आईजीको दुवै विशिष्ट श्रेणीका पद हुन् । सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका आईजीपी र एआईजीको तलबसमेत बराबर छ । त्यस्तै नेपाल सरकारका सचिव र नेपाली सेनाका रथी (लेफ्टिनेन्टन जनरल) को हैसियत बराबर छ । अझ मर्यादाक्रमको वरीयतामा सचिवलाई आगाडि राखिएको छ । तलबमान भने रथीको भन्दा सचिवको धेरै कम छ । रथीभन्दा एक तह तलका उपरथी र सचिवको तलब बराबर छ ।

यस्तो छ तलबमानः
आईजीपी–६०,६८० । एआईजी–६०,६८०
रथी–६२,५४० । सचिव –६०, ६८०
स.रथी/डीआईजी–५१,००० । सहसचिव–४७,३८०
प्रमुख सेनानी/प्रहरी उपरिक्षक–४३,६४० । उपसचिव–४०, ३८० ।
सहसेनानी –३९,०५० । शाखा अधिकृत –३५,९९०

यो समाचार कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् ।

प्रतिक्रिया