उस्सु खेलाडी तामाङ उपचारको लागि आर्थिक सहयोग माग्दै

मनिषा थापा

पिएनपिखबर : उस्सुका राष्ट्रिय खेलाडी अजय तामाङ विगत ३ महिनादेखि बोनम्यारो जस्तो भयानक रोगबाट पिडित छन्। उनको बोनम्यारो प्रत्यारोपण गर्ने बेला आएको छ तर आर्थिक अबस्था कमजोर भएको कारण उपाचार हुन् सकेको छैन।

हुनत सरकारले उनीजस्ता राष्ट्रिय गहनाको सम्पूर्ण खर्च व्यहोर्नु पर्ने हो तर सहयोगको लागि अपिल गरे पनि कुनै चासो देखाएको छैन। १९ बर्षीय तामाङले ९ वर्षको कलिलो उमेर देखि उस्सु खेल्न शुरु गरेका हुन्। डाक्टरले प्रत्यारोपण गर्न ३५ लाख लाग्ने बताएका छन् तर पर्याप्त रकम जुट्न नसकेको उनको बाबु बताउँछन्।

उस्सुको खेलमा ३ सुनौलो मेडल हात पारी जुनियर राष्ट्रिय खेलाडीको रुपमा आफु चिनिएको बताउछन। उनी खेलकै सिलसिलामा विदेशपनि यात्रा गरिसकेका छन्। उनलाई हालै जिउ काम्ने, श्वास फुलेर आउने, हातखुट्टा गल्ने हुने गर्छ। आफु जुनियर राष्ट्रिय खेलाडीको रुपमा चिनिएपनि सरकारले ध्यान नदिएकोमा दुख लागेको बताउँछन् उनी। सफल उपचार भएपछि खेलकुदमै निरन्तर लाग्ने बताए।

उनको बुबा अर्जुन तामाङले नै धेरै मद्दत गरेका छन्। उनले बोनम्यारो प्रत्यारोपणको लागि आर्थिक सहयोग गर्न सहयोगी मनहरुमा अपिल गरेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू