राष्ट्रिय महिला भलिबल प्रतियोगिताको लागि चुलियुवा क्लब ढोरपाटनमा

admin
  • खगेन्द्र हमाल

सुर्खेत: ढोरपाटन राष्ट्रीय महिला भलीबल प्रतियोगिताको लागी कर्णाली प्रदेश स्थित सुर्खेतको चुली युवा क्लबले खेलाडीहरुलाई विदाई गरेको छ । जिल्ला खेलकुद विकास समिति सुर्खेतको हलमा एक कार्यक्रम को आयोजना गरी खेलाडीलाई विदाई गरिएको क्लबका अध्यक्ष महेश जिसीले जानकारी दिनुभयो ।

विदाई कार्यक्रम कराँतेका अन्तराष्ट्रिय प्रशिक्षक प्रदीप कुमार राई को प्रमुख आथित्यता, क्लबका अध्यक्ष महेश जिसीको अध्यक्षता मा र कार्यक्रमको सहजीकरण क्लबका सल्लाहकार समिति सदस्य अम्मर बहादुर चन्दले गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि राईले 16 औं ढोरपाटन राष्ट्रिय महिला भलिबलमा सहभागी हुने टिम कर्णाली प्रदेशबाट पहिलो भएको भनाई थियो ।

कर्णालीको नामलाई उचाइमा पुर्याउन मेहनत का साथ आफ्नो खेललाई प्रदशन गर्न सुझाब समेत दिनुभयो। कार्यक्रममा अध्यक्ष जिसीले भलीबल मा मात्र नभई शिक्षा स्वास्थ्य पर्यटन लगाएतका क्षेत्रमा काम गर्दै आएको दाबी गर्नुभयो । खेलाडीहरुलाई सुर्खेतलाई मात्र नभई सिङ्गो कर्णाली प्रदेशलाई चिनाउने गरी उत्कृष्ट प्रदर्शन गर्न अनुरोध समेत गर्नुभयो र खेलाडी प्रशिक्षक लाई खाँदा लगाई शुभकामना मन्तव्य सहित विदाई गर्दै कार्यक्रम को समापन गर्नुभयो ।

ढोरपाटन राष्ट्रीय महिला भलीबल प्रतियोगिताको लागी कर्णाली प्रदेश स्थित सुर्खेतको चुली युवा क्लबले खेलाडीहरुलाई विदाई गरेको छ । जिल्ला खेलकुद विकास समिति सुर्खेतको हलमा एक कार्यक्रम को आयोजना गरी खेलाडीलाई विदाई गरिएको क्लबका अध्यक्ष महेश जिसी ले जानकारी दिनुभयो ।

विदाई कार्यक्रम कराँतेका अन्तराष्ट्रिय प्रशिक्षक प्रदीप कुमार राई को प्रमुख आथित्यता, क्लबका अध्यक्ष महेश जिसीको अध्यक्षता मा र कार्यक्रमको सहजीकरण क्लबका सल्लाहकार समिति सदस्य अम्मर बहादुर चन्दले गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि राईले 16 औं ढोरपाटन राष्ट्रिय महिला भलिबलमा सहभागी हुने टिम कर्णाली प्रदेशबाट पहिलो भएको भनाई थियो । कर्णालीको नामलाई उचाइमा पुर्याउन मेहनत का साथ आफ्नो खेललाई प्रदशन गर्न सुझाब समेत दिनुभयो।

कार्यक्रममा अध्यक्ष जिसीले भलीबल मा मात्र नभई शिक्षा स्वास्थ्य पर्यटन लगाएतका क्षेत्रमा काम गर्दै आएको दाबी गर्नुभयो । खेलाडीहरुलाई सुर्खेतलाई मात्र नभई सिङ्गो कर्णाली प्रदेशलाई चिनाउने गरी उत्कृष्ट प्रदर्शन गर्न अनुरोध समेत गर्नुभयो र खेलाडी प्रशिक्षक लाई खाँदा लगाई शुभकामना मन्तव्य सहित विदाई गर्दै कार्यक्रम को समापन गर्नुभयो ।

प्रतिक्रिया