राष्ट्रिय युवा संघको इन्चार्जमा सांसद महेश

admin

काठमाडौं, भदौ २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालको इन्चार्जमा नेकपाका केन्द्रिय सदस्य, युवा नेता तथा पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जिम्मेवारी प्राप्त गरेका छन।

सांसद बस्नेत पूर्व युवा संघ नेपालका अध्यक्ष समेत हुन । बस्नेतसँग करिव १० वर्ष संघको अध्यक्षको रुपमा सञ्चालन गरेको अनुभव समेत रहेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले सांसद बस्नेतलाई इन्चार्ज जिम्मा दिएको हो ।

त्यस्तै सहइन्चार्ज संघकै अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखालाई तोकेको छ । साथै बैठकले तेस्रो वरियतामा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधब कुमार नेपाललाई चैथोमा पुर्याई पार्टीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई तेस्रो वरियतामा ल्याएको छ।

प्रतिक्रिया