राहत वितरणमा विवाद, वडा कार्यलयमा तालाबन्दी

खगेन्द्र हमाल

सुर्खेत: कर्णाली प्रदेशको स्थानीय तह चिङ्गाड गाउँपालिका वडा न २ सुर्खेतमा राहत वितरणमा विवाद हुँदा नेपाल कम्युनिस्ट पार्टी नेकपा वडा कमिटी २ रानिबासले वडा कार्यलयमा हिजो ताला लगाएको छ।

संघीय सरकार र प्रदेश सरकारले दैनिक ज्यालादारी काम गरेर दैनिकी जीवन चलाउने अति विपन्न गरिव घरपरिवारलाई यो लकडाउनको अवधीमा विशेष राहत दिने निर्णय गरेपछि प्रदेश सरकारले स्थानीय तहहरुमा राहत स्वरुप रकम छुट्ट्याएको छ।

प्रदेश सरकारले चिङ्गाड गाउँपालिकालाई दिएको रकम बाट खरिद गरिएको राहत वितरणका सामाग्रीहरु वितरण गर्नु पुर्व नै वडा न २ का वडा अध्यक्ष बुदे खत्री र नेपाली काङ्ग्रेसका कार्यकर्ताले एकलौटी रुपमा विपन्न गरिव घर परिवारलाई छुट्याएर टोलटोलमा आफ्न कार्यकर्ताहरु खटाई आफ्न नाता पर्ने पार्टी निकटका ब्यक्तिहरुको नाम संकलन गरि राहत वितरण गर्ने प्रयास गर्दा वडा कार्यलयमा तालाबन्दी गरिएको नेकपा वडा कमिटी सचीव तिल बहादुर रानाले जानकारी दिनुभयो ।

नेकपा २ न वडा कमिटीले सर्वदलीय सर्वपक्षीय सहमति गरेर अगाडी बढ्ने कैयौ पटकको प्रयासलाई वडा अध्यक्षले वेवास्ता गर्दा यस्तो परिस्थिति खडा भएको सचिव रानाले जानकारी दिनुभयो।

यसरी घरघरमा आफ्न पार्टीका कार्यकर्ताहरु खटाएर नाम संकलन गरि नेपाली काङ्ग्रेस र तरुण दलले राहत वितरण गर्दैछ भन्ने भ्रामक प्रचार गरि नेपाल सरकारको नियमलाई सिधै उलंघन गरेको बताउनुभयो ।यस समस्याको समाधान गर्न स्वयंम चिङ्गाड गाउँ पालिका तयार नरहेको हुँदा वडा कार्यलयमा ताला लगाएको सचिव रानाले जानकारी दिए।

प्रतिक्रिया