रिना मृत्यु प्रकरणले लियो उग्ररुप, प्रहरी र सर्बसाधारणबीच झन्डै भएको थियो झडप (भिडियो)

मनिषा थापा

पिएनपिखबर : गत शनिबार मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिकास्थित २९ बर्षीय रिना बस्नेतको रहस्यमय मृत्यु भएको थियो। उनी आफ्नै डेरा अगाडीको सडकमा निवस्त्र अवस्थामा मृत फेला परेकी थिइन ।

बस्नेतको मृत्यु शकास्पद देखिएपछि स्थानीयबासीले इलाका प्रहरी कार्यालय घेराउ गरेका थिए।उनीहरुले विगतका घटनाहरुलाई पनि प्रहरी प्रसासनले ढाकछोप गर्दै आएको भन्दै गुनासो पोखेका छन्।

प्रहरीले अनुसन्धानमा रिनाले अत्यधिक मदिरा सेवन गरी शौचालय जाने क्रममा लडेर मृत्यु भएको हुन् सक्ने बताएका छन भने स्थानीयबासीहरुले हत्या नै रहेको र प्रहरीले रफादफा गर्न खोजेको भन्दै सोमबार कार्यालय घेराउ गरेका थिए।

प्रहरीले रिना बस्नेत मृत्यु प्रकरणलाई गम्भीर रुपमा लिएर अनुसन्धान नगरेका कारण मुख्य दोषी फरार हुने सम्भावना रहेको भन्दै आक्रोशित बनेका छन्।

राति नै हत्यारा पत्ता लागेको र सिसिफुटेजमा समेत् प्रमाण रहेता पनि प्रहरीले हत्या भएको बताएको भन्दै स्थानीयबासि सडकमा उत्रिएका हुन्।उनीहरुले जति सक्दो चाँडो हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरी रिनालाई न्याय दिलाउनुको साथै शान्ति सुरक्षा हुनुपर्ने माग राखेका छन्।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू