‘रिपब्लिक टीभी’ र ‘टाइम्स नाउ’ को विरुद्ध बलिवुड कलाकारहरु

admin

बलिवुडका चर्चित व्यक्तिहरुले केही मिडिया प्रतिष्ठानमाथि सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा गैरजिम्मेवार रिपोर्टिङ गरेको भन्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दा दायर गर्नेमा फिल्म उद्योगको प्रतिनिधित्व गर्ने चार सङ्गठन र ३४ निर्माता छन् ।

यो मुद्दा रिपब्लिक टीभी, अर्णव गोस्वामी, रिपब्लिक टीभीका प्रदीप भण्डारी, टाइम्स नाउ, राहुल शिवशङ्कर र नविका कुमारविरुद्ध दर्ता गरिएको छ । उनीहरुले बलिवुड र बलिवुडका व्यक्तिहरुविरुद्ध अपमानजनक र गैरजिम्मेवार टिका टिप्पणी गर्नबाट रोक्नको लागि मुद्दा दर्ता गरेको बताएका छन् ।

बलिवुडका व्यक्ति, उनीहरुसँग जोडिएको गोपनीयताको अधिकारमा दखल दिने र मिडिया ट्रायलमा रोक लगाउन उनीहरुले माग गरेका छन् । उनीहरुले टेलिभिजन च्यानलका साथसाथै सामाजिक सञ्जालमा पनि बलिवुडको बारेमा अपमानजनक सामग्रीको प्रकाशनमा पनि रोक लगाउनुपर्ने माग गरेका छन् ।

-एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचारहरू