रिलिज मिति नजिकिँदै जाँदा संकटमा सलमानको ‘भारत’, उच्च अदालतमा मुद्दा दायर

रिता घिसिंग

एजेन्सी : बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ को रिलिजमिति नजिकिँदै जाँदा संकटमा परेको छ । आगामी ५ जूनमा रिलिज हुने भनिएको फिल्म भारत शीर्षकका विषयलाई लिएर दिल्ली उच्च अदालतमा रिट दर्ता भएको छ ।

रिट दर्ता गर्नेहरुले भारत नामले आममानिसको भावनामा आघात गर्ने तर्क गरेका छन् । एएनआईको एक रिर्पोटका अनुसार रिट दर्ता कर्ताहरुले दिल्ली उच्च अदालतमा सो फिल्मको नाम परिवर्तन गर्न माग गरेका छन् । रिटमा सलमानको फिल्म राखिएको नाम अनुचित उपयोगको रोकथाम कानुनअनुसार भारत शब्दको प्रयोग हुन नसक्ने बताएका छन् । सो कानुनअनुसार भारत शब्दको प्रयोग प्रोफेशनल र कमर्शिल उपयोगका लागि गर्न प्रतिबन्ध छ ।

एक अर्को रिर्पोटका अनुसार रिट निवेदकहरुले फिल्मको एक डाइलग जसमा सलमानले आफ्नो तुलना भारतसँग गर्छन् त्यो पनि हटाउन माग गरेका छन् । यो डाइलग फिल्मको ट्रेलरमा सुनिएको छ ।

उता सलमान र कटरीना कैफ भने फिल्मको प्रमोशनमा व्यस्त छन् । यो फिल्मको निर्देशन अली अब्बास जफरले गरेका छन् । यो फिल्म कोरियन फिल्म टू माई फादरको हिन्दी रिमेक हो । यो फिल्ममा सलमान खानलाई पहिलो पटक बुढो देखाइएको छ । फिल्ममा ज्याकी श्राफ, दिशा पाटनी, सुनील ग्रोभरलगायत स्टार्सले काम गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू