रुकुमपश्चिमको आठबीसकोटमा लगाइएको निषेधाज्ञा हट्यो

admin

रुकुमपश्चिम, ८ माघ : रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ नम्बर वडाको राडीबजारमा लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले बिहीबार दिउँसो १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाइएको जनाएको छ ।

नेकपा प्रचण्ड-नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच ६ गते दिनभर झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा लगाएको थियो । अहिले अवस्था सामान्य रहेको भन्दै प्रशासनले निषेधाज्ञा हटाएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र ६ (३ क) बमोजिम गएको ६ गते बेलुकी ५ बजेदेखि चार किल्ला तोकेर लगाइएको निषेधाज्ञा हटाइएको जानकारी दिए ।

प्रतिक्रिया