रुकुम घ’टना : मृ’तक सबैको टाउकोमा चो’ट

admin

जाजरकोट, १६ जेठ:  रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घ’टनामा मृ’तक सबैको टाउकोमा चो’ट देखिएको छ । बिहीबारसम्म फेला परेका पाँचजना मृ’तकको टाउकोमा चो’ट लागेको पाइएको हो ।

स्थानीयले फेला पारेका सबैको श’वका टाउकोमा चो’ट रहेको बताएका छन् । घ’टनामा बेपत्ता भएका थप एकजना बिहीबार मृ’त अवस्थामा फेला परेका छन् ।
भेरी नगरपालिका–४ खलंगाका १९ वर्षीय सञ्जु विकको श’व घ’टनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभुर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्र’हरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताए ।

खोजीमा संलग्न भेरी नगरपालिका ११ का मुक्ति आचार्यले श’वको टाउको कुच्चिएको र अण्डकोष सुनिएको अवस्थामा फेला परेको बताए । भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेन्द्र कार्कीले लेखेका छन् ।

प्रतिक्रिया