रुकुम प्रहरी चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन प’क्राउ

राष्ट्रिय समाचार समिति

रुकुम(पश्चिम), २२ जेठ: अस्थायी प्र’हरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष प’क्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्र’हरी चौकी तोडफोड गरेको भन्दै प्र’हरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई प’क्राउ गरेको हो । केसीसहित थप दुई युवासमेत प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा राजन केसी र खिलराज गिरी रहेको प्र’हरीले जनाएको छ ।

मङ्गलबार राति वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्र’हरी चौकीमा तोडफोड गरी क्षति पु¥याएको थियो । त्यसपछि वडाध्यक्ष केसीसहित दुवै युवा फरार थिए । प्र’हरीले फरार वडाध्यक्ष र दुई युवालाई मुसिकोट १३ को टोड्के भन्ने ठाउँबाट प’क्राउ गरेको जनाएको छ ।

प’क्राउ तीनै जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्र’हरी प्रमुख नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा १० दिनको म्याद थप गरिएको प्रनाउ केसीको भनाइ छ । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको उहाँले बताउनुभयो ।

सवारी जाँचका लागि सडकमा राखिएको डाँट खोल्न ढिला गरेको भन्दै वडाध्यक्ष केसीले प्र’हरीसँग झ’गडा शुरु गरेको र त्यसपछि स्थानीय २०/२५ जनाको समूहले प्र’हरी चौकीमा तोडफोड गरेको अस्थायी प्र’हरी चौकीका इन्चार्ज प्र’हरी सहायक निरीक्षक धनबहादुर साउदले बताउनुभयो ।

नागरिकको सुरक्षाका लागि स्थापना गरिएको प्र’हरी चौकीमा वडाध्यक्षकै नेतृत्वमा रहेको टोलीले तोडफोड गरी सवारी जाँचका लागि राखिएका सम्पूर्ण सामग्री, प्र’हरी चौकी अगाडि लगाइएको काठको बार र कुर्सीलगायत सामग्रीमा क्षति पु¥याएको इन्चार्ज साउदले बताउनुभयो । यस घटनाले शान्ति सुरक्षामा खटिएको प्र’हरीको मनोबल घटाउने काम गरेको र आफूहरुले असुरक्षित महसुस गरिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया