रुखको हाँगा लागेर एक बालकको मृत्यु

admin

झापा : पानीसँगै आएको हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा झापामा एक बालकको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा कमल गाउँपालिका–५ बस्ने आठ वर्षीय योजल राई रहेको प्र’हरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्र’हरीका अनुसार हावाहुरी चलेका बेला बुबासँग घर नजिकैको माई वृक्षारोपणको नर्सरीमा दाउरा टिप्न गएका योजललाई वनमै रहेको मसलाको रुखको हाँगा भाँचिएर लाग्दा गम्भीर घा’इते भएका थिए।

घा’इते उनलाई तत्काल उपचारका लागि दमक अस्पताल पुर्याएलगत्तै मृ’त्यु भएको प्र’हरीले जनाएको छ। हावाहुरीले जिल्लाका विभिन्न स्थानमा रुख ढल्नुका साथै घर तथा पसलका छानाहरू पनि उडाएको छ। अन्नबालीमासमेत क्षति पुर्याएको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया