रुपन्देहीमा प्रहरीसँगको झडपमा तीन जनाको मृ त्‍यु, ३० घाइते

admin

काठमाडौं, २४ असोज :  रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीसँगको झडपमा तीन सर्वसाधारणको मृ त्यु भएको छ। सुरक्षाकर्मीले गो ली चलाउँदा तीन जनाको मृ त्यु भएको हो।

गो ली लागेर घा इते भएकामध्ये तीन जनाको मृ त्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजको इमर्जेन्सी विभागले जानकारी दिएको छ। तीन जनाको अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भइसकेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

सो अस्पतालमा सर्वसाधारण र प्रहरी पाँच-पाँच जनाको उपचार भइरहेको जनाइएको छ। यसैगरी लुम्बिनी प्रदेश अस्पतालमा पनि गो ली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्र ह रीका अनुसार १५ जना सर्वसाधारण र १५ जना प्रहरी घ टना मा घा इते भइ उपचारत रहेका छन्। आइतबार बिहानैबाट मोतीपुर औद्योगिक क्षेत्रमा​ सुकुम्बासी भनिएकाहरू र प्रहरीबीच झ ड प हुँदै आएको थियो भने दिउँसो अवस्था नियन्त्रण बाहिर पुगेपछि स्थितिलाई नियन्त्रणमा लिन प्र हरी ले गो ली चलाएको थियो।

औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्र ह रीबीच झडप भएको हो। यसैबीच तनाव शान्त नभएपछि स्थानीय प्रशासनले साँझदेखि मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रह रीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प क्रा उ गरेपछि स्थानीय आक्रोशित भएका थिए। प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरू भत्काउँदै आएको थियो।

प्रतिक्रिया