रुपन्देहीमा प्रहरी र स्थानीयबीच झडप, एक जनाको मृत्यु

admin

काठमाडौं, २४ असोज : रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा जग्गा कब्जा गर्न खोज्नेहरुलाई हटाउने क्रममा सशस्त्र प्रहरीले चलाएको गो ली लागेर एक जनाको मृ त्यु भएको छ ।

दुई पक्षबीच झ ड प हुँदा घा इते भएका पाँच जनामध्ये एकको मृ त्यु भएको जिल्ला प्र ह री कार्यालय रुपन्देहीका प्रमुख प्र ह री उपरीक्षक (एसपी) मनोज केसीले जानकारी दिनु भएको छ ।

मृ त्यु हुनेको पूर्ण पहिचान भने खुलेको छैन । गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा अतिक्रमण बढेको भन्दै सरकारले अस्थायी रुपमा सशस्त्र प्र ह रीलाई बसाउने निर्णय गरेको थियो ।

सरकारको निर्णय अनुसार सशस्त्र प्र ह रीले ठाउँ खाली गराउने क्रममा आइतबार जग्गामा बस्दै आएकाहरु विरोध प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीले ढुंगा–मुडा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन केही राउण्ड फायर भएको प्र ह रीले जनाएको छ ।

प्रतिक्रिया