रुसका राष्ट्रपति पुटिनले राजीनामा दिने

admin

काठमाडौं, कात्तिक २१ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राजीनामा दिने हुनुभएको छ ।स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि उहाँले राजीनामा दिने सोच बनाउनुभएको क्रेमलिनलाई उद्धृत गर्दै पश्चिमा समाचार संस्थाहरुले जनाएका हुन् ।

बेलायतबाट प्रकाशित हुने ‘द सन’ पत्रिकाले सूत्रको हवाला दिँदै आफ्नो गिर्दो स्वास्थ्य अवस्थाका कारण पुटिनले पदत्याग गर्न लागेको जनाएको हो ।पुटिनले आगामी वर्षको सुरुआतमै पद त्याग्ने सोच बनाएको दाबी गरिएको छ । ६८ वर्षीय पुटिन केही समययता पार्किन्सन्स रोगबाट सताइनुभएको छ ।

सन् २०२१ को सुरुआतबाटै उहाँले पद त्याग्नसक्ने दाबी ती सूत्रहरुको छ ।२० वर्षदेखि लगातार सत्ताको शिखरमा रहनुभएका राष्ट्रपति पुटिनलाई आजीवन शक्तिमा रहन मिल्नेगरी केही समयअगाडिमात्रै संविधानसमेत संशोधन गरिएको थियो । पुटिनले रुसमा सबैभन्दा लामो समय शासन गर्ने स्टालीनको रेकर्ड यसै साता तोड्दै हुनुहुन्छ ।

प्रतिक्रिया