रुसमा एकै दिनमा नौ हजार कोरोना सङ्क्रमित, ९२ को मृ’त्यु

राष्ट्रिय समाचार समिति

मस्को, १२ जेठ : रुसमा कोरोनाभाइरसका कारण सोमबार एकैदिनमा नौ हजार व्यक्ति सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङख्या तीन लाख ५० हजारभन्दा बढी भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी कोरोनाभाइरसका कारण रुसमा अहिलेसम्म तीन हजार ६३३ जनाको मृ’त्यु भएको छ । तीमध्ये ९२ जनाको पछिल्लो २४ घण्टामा मृ’त्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

सङ्क्रमितहरुको सङ्ख्याको बृद्धिको तुलनामा मृत्यु हुनेहरुको सङ्ख्या अन्य देशमाभन्दा कम रहेको उनीहरुले बताएका छन् ।

तर कतिपयले भने सरकारले तथ्याङ्कमा गडबडी गरेको आरोप पनि लगाउँदै आएका छन् । उनीहरुले सङ्क्रमित हुने र मृत्यु हुनेहरुको वास्तविक सङ्ख्या अहिले सार्वजनिक गरिएभन्दा फरक रहेको हुनसक्ने बताउनेगरेका छन् ।

प्रतिक्रिया