रूखले थिचेर महिला र बालकको मृ’त्यु, दुईजना घा’इते

राष्ट्रिय समाचार समिति

हेटौँडा, १३ जेठ : आज साँझ आएको हावाहुरीका कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रूखले थिचेर एक महिला र एक बालकको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय मकवानपुरले जनाएको छ ।

फाइल तस्बिर



राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि दुईजनाको मृ’त्यु भएको र दुईजना घा’इते भएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार मृ’त्यु हुनेमा राक्सिराङ गाउँपालिका–५ का ५० वर्षीया वीरमाया प्रजा र वडा नं ३ का ६ वर्षीय आयुस मगर रहनुभएको छ ।

मृ’तक प्रजाको घ’टनास्थलमै मृ’त्यु भएको हो भने मगरको उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमा मृ’त्यु भएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । त्यसैगरी हावाहुरीकै कारण सरिखेतका दुईजना घा’इते भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया