रेलको नाम के राख्ने ?

admin

काठमाडौं, साउन २४ :भारतको जयनगर–जनकपुरअन्तर्गत कुर्था खण्डमा चार महिनाभित्र रेल चलाउने गरी काम भइरहेको छ । उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण हुँदै छन् ।


चाँडो निर्माण सक्नका लागि रेल विभागले ताकेता गरिरहेको छ । रेल गुड्ने ठाउँ तयार भयो । रेल सेट बन्दै छ । रेलको नाम के राख्ने भन्ने पनि चर्चा चल्न थालेको छ । एउटा रेलको नाम ‘जनकी’ राख्ने कुरा भए पनि अर्को रेलको नाम के राख्ने रु सामाजिक सञ्चालनमा यसको चर्चा चल्दै आएको छ । मन्त्रालय र विभागबीच पनि अनौपचारिक रुपमा यसबारे छलफल भइरहेको छ । यो समाचार कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।

प्रतिक्रिया