रेलिङ खस्दा ४० विद्यार्थी घाइते, स्कुलको लापर्वाहीका कारण दुर्घटना भएको अभिभावकको गुनासो

मनिषा थापा

पिएनपिखबर : काठमाडौँको तारकेश्वर नगरपालिका–३ जीतपुरमा रहेको एक निजी विद्यालयको रेलिङ भत्किँदा ४० विद्यार्थी घाइते भएका छन् । तारकेश्वर विद्या कुञ्च इङलिस स्कुलको रेलिङ भत्किँदा कक्षा १ देखि ५ सम्म अध्ययनरत् विद्यार्थी घाइते भएका हुन्।

बुधबार स्कुलमा खेलकुद कार्यक्रम भईरहेको थियो। विद्यार्थीहरु उक्त कार्यक्रम स्कुलको बरण्डाबाट हेरिरहेको बेला रेलिङ  भत्किएको थियो। घाइते भएका विद्यार्थीहरुको ग्रीन सिटि अस्पतालमा उपचार भईरहेको छ भने स्कुल स्वयंमले उपचार खर्च व्यहोरी रहेको छ। केहि विद्यार्थीलाई सामान्य चोटपटक लागेको छ। कसैको दुवै हात भाचिएको छ त कसैको खुट्टामा चोट लागेको छ भने एक विद्यार्थीको टाउँको गम्भीर चोट लागेको कारण आइ.सी.यु मै राख्नु परेको अवस्था छ।

एक विद्यार्थीका अभिभावक अनुसार, उक्त भत्किएको रेलिङ बनाएको ७ महिना मात्रै भएको थियो। कमसलरुपमा जडान गरिएको फलामको रेलिङ्गले लोड नधानेर दुर्घटना हुन् पुग्यो। स्कुलको लापर्वाहीका कारण घटना घट्न पुगेको अभिभावकहरुको गुनासो छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू