रेल्वे कम्पनीमा जागिर खान ३२ हजारको आवेदन, सोर्स, फोर्स र नातागोता चल्दैन : महाप्रबन्धक भट्टराई

admin

काठमाडौं, १४ असोज : नेपाल रेल्वे कम्पनीमा जागिरका लागि ३२ हजार जनाले आवेदन दिएका छन् । कम्पनीले गएको भदौ २९ गते विभिन्न पदमा एक सय २९ जनाको लागि आवेदन माग गरेको थियो ।

नेपालमा रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीले पाएको छ । सरकारले ढिलो गरी कम्पनी गठन र नियम ल्याउँदा भारतबाट आएको रेल सञ्चालन हुन सकेको छैन । १५ दिनको समय दिएर आवेदन माग गरिएकोमा ३२ हजार जनाले आवेदन दिएका रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईले ट्विटरमार्फत भनेका छन्, ‘एक सय २९ पदमा मागिएको रेल्वे कर्मचारीमा ३२ हजार निवेदन परेको छ । पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुनेछ । दोस्रो चरणमा अन्तरवार्ता पछि अन्तिम नामावली प्रकाशित गरिने छ । सोर्स फोर्स, चिनजान, नातागोताका आधारमा छनौट गरिने छैन । यो गफ हैन, प्रतिवद्धता पनि हो ।’,

प्रतिक्रिया