रेल दुर्घटना: १७ जनाको मृत्यु, ७० घाइते

admin

यिलान, ताइवान, ४ कात्तिक: ताइवानमा आइतबार भएको रेल दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको ताइवानी अधिकारीले जनाएका छन् । ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिकलाई छोड्दा भएको उक्त घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका ताइवान रेल प्रशासनले पुष्टि गरेको छ ।

दुर्घटनापछि घटनास्थलमा पुगेका एएफपी सम्वाददाताले जनाएअनुसार रेलका पाँच वटा डब्वा रेलमार्गबाट उछिट्टिएका र जमिनमा लडेका अवस्थामा रहेका छन् । उच्च गतिको पुयुमा एक्सप्रेस रेलका सार्वजनिक तस्वीरमा रेल लिकबाट उछिट्टिएर टेढो अवस्थामा रहेको र केही डब्वा जमिनमा लडेको देखाइएको छ ।

स्थानीय समय अनुसार करिब ४ः५० मा दुर्घटना भएका ताइवानी अधिकारीले जनाएका छन् तर दुर्घटनाको कारणबारे भने केही बताएका छैनन् । राष्ट्रिय अग्नी नियन्त्रण निकायले रेलमा ३१० जना यात्रारत रहेको र दक्षिणी शहर ताइतुङतर्फ जाने क्रममा उत्तरपूर्वी यिलान काउन्टीमा दुर्घटना हुनपुगेको थियो । घटनाबारे छानविन शुरू भैसकेको अधिकारीहरूले बताएका छन् ।
-रासस÷एएफपी

प्रतिक्रिया