रेश्मा र तृप्तीको धमाकेदार तीज गीत “नेटो काटम की यसपाली” सार्वजनिक [भिडियो सहित]

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिए सँगै नेपाली सांगीतिक बजारमा एक पछि अर्को गर्दै तीज गीतहरु सार्वजनिक हुने क्रम जारी छ।


यसै क्रममा पार्वती थापाको शब्द र तृप्ति खड्का (गुरुङ)को संगीतमा “नेटो काटम की यसपाली” बोलको गीत पनि हिजो बुधबार मात्र युएस मिडिया नेटओर्कको युटूब च्यानल मार्फत सार्वजनिक भएको छ।

सार्वजनिक उक्त गीतमा गायिका रेश्मा केसी, तृप्ति खड्का (गुरुङ) र सन्दिप न्यौपानेको आवाज रहेको छ भने उक्त गीतको भिडियोमा प्रकाश खड्काको छायांकन र बिक्रम चौहानको निर्देशन रहेको छ।

यस गीतको भिडियोमा अन्जली अधिकारी, करिश्मा ढकाल, बिजय गुरुङ र सन्दिप न्यौपाने स्वयमको दमदार अभिनय हेर्न सकिन्छ।

 हेर्नुहोस भिडियोमा “नेटो काटम की यसपाली” :

प्रतिक्रिया