रेस्लरसँग च्यालेन्ज गर्दा अभिनेत्री राखी सवान्त पुगिन अस्पताल (भिडियो)

मनिषा थापा

एजेन्सी :  कन्ट्रोभर्सी क्वीन मानिने राखी सवान्त पंचकुलास्थिर ताऊ देवीलाल स्टेडियममा आयोजना भएको (सीडब्ल्युई) रेसलिङ कार्यक्रममा घाइते भएकी भएकी छिन्। उनलाई कम्मरमा चोट लागेका कारण तत्काल अस्पताल लागिएको थियो।

एक दिवसिय सीडब्ल्युई च्याम्पियन प्रतियोगितामा भाग लिनका लागि अन्तर्राष्ट्रिय रेसलिङ खेलाडी द ग्रेट खलीलगायत कयौँ ठूला रेसलर समेत त्यहाँ पुगेका थिए । च्याम्पियनका क्रममा जब महिला रेसलर रोबेल रिंगमा पुगेर पंचकुलाका महिलालाई आपूसँग सामना गर्नका लागि च्यालेन्ज गरेकी थिइन् । त्यहाँका कुनै महिलाले पनि उक्त च्यालेन्जलाई स्वीकार नगरेपछि राखी सावंतले उक्त च्यालेन्ज स्वीकार गरेकी थिइन् ।

राखीले रोबेलसँग पहिलो आफ्नो च्यालेन्ज पुरा गर्ने सर्त राखिन् । राखिले रोबललाई डान्स गर्ने च्यालेन्ज राखेकी थिइन् । च्यालेन्जलाई स्वीकार्दै रोबेलले एक गीतमा डान्स गरिन् जब गीत सकियो तब उनले राखीलाई आफ्नो काँधमा राखेर जोडले भुइँमा फ्याकिदिइन् । जसबाट राखि घाइते भएकी थिइन् । हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू